• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ६, आईतबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

निकोलस मादुरो फेरि अदालतमा

रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

टीओबी अध्यक्षको बयानमा के छ ?

जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

होमपेज / बिचार
  • ८३५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • वास्तवमा के हो त वैद्धिक ज्योतिसशास्त्र ?


  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण २३, बुधबार (१ साल अघि)

    ज्योतिसशास्त्र एउटा यस्तो प्रविधी वा कला हो जसबाट मानिस जन्मेको समय र स्थानबाट ग्रह र ताराहरुको स्थिती हेरेरे भबिष्य, व्यक्तित्व र अन्य बिभिन्न कुराहरु अनुमान गर्ने गरीन्छ ।

    ज्योतिषशास्त्र बिश्वभर प्रचलित छ साथै यो सबैजसो सभ्यतामा यसको उल्लेख पाईन्छ । आजभोली बिशेष गरी ३ प्रकारका ज्योतिष परम्परा चल्दै आएको छ । बैदिक ज्योतिषी, पश्चिमी ज्योतिषी र चिनियाँ ज्योतिषी । जतिपनी ज्योतिषी शास्त्र छन् ती सबै खगोलिय पिण्डमा आधारीत छ । यहाँ ठुलो प्रश्न के उठ्न आउँछ भने के साँच्चै ग्रह र ताराहरुको उपस्थितिले हाम्रो व्यक्तित्व र भबिष्यमा असर गर्छ त रु वास्तवमा ताराहरुसँग हाम्रो पुरानै सम्बन्ध छ । प्राचिन समयमा नै आकाशमा देखिने ताराहरु र पृथ्वीको मौसमबिच सम्बन्ध हुन्छ भन्नेकुरा हाम्रो पुर्खालाई राम्रोसँग थाहा थियो । हरेक मौसम परीवर्तनसँगै आकाशमा केहि बिशेष ताराहरु देखापर्छन् र केही ताराहरु देखिन छाड्छन् । यतिमात्र हैन सुर्योदय र सुर्यास्त पनि फरक फरक समयमा फरक फरक दिशा वा ठाउँबाट हुन थाल्दछ । आकासको चन्द्रमाले समुन्द्रको ज्वारभाटालाई प्रतक्ष्य असर गर्छ । यदी आकाशमा रहेका बस्तुहरुले पृथ्वीमा रहेका वस्तुहरुलाई असर गर्छ भने यसले पक्कैपनि हाम्रो जीवनमा पनि असर पार्छ भन्ने सोचबाट नै ज्योतिषशास्त्र उत्पती भएको हो ।

    त्यसो त भारतबर्षमा चर्चित बैदिक ज्योतिषी बिधीबाहेकपनि धेरै ज्योतिष बिधीहरु छन् । बिशेषत हिन्दु धर्मवालम्वीहरुले बैदिक ज्योतिषमा बिश्वास गर्छन् भने पाश्चात्य ज्योतिस र चिनियाँ ज्योतिसशास्त्र उत्तिकै प्रचलित छन् र यी पनि खगोलिय पिण्डमै आधारित छन् । यी बाहेक बिश्वमा अरुपनि थुप्रै ज्योतिष बिधीहरु छन् । हरेक सभ्यतामा ज्योतिष बिधीले निकै ठुलो मान्यता पाएको थियो । त्यसोभए के साँच्चै ज्योतिष बिधीले काम गर्छ त रु

    नेपालमा अधिकांस हिन्दु भएको र सुरुदेखिनै मानिदै आएको बिश्वासमा बैदिक ज्योतिष बिधीको प्रयोग बढी भएको पाईन्छ । हाम्रो बैदिक ज्योतिष बिधीमा खगोलिय तथ्यको साथै गणितको पनि प्रयोग हुन्छ । यसको दुईवटा पाटोहरु छन्, एउटा गणित अर्को फलित अर्थात परीणाम । गणितमा हामी ग्रह र ताराहरुको स्थितीको गणना गर्छौँ र यो पुर्णरुपमा गणितमा आधारीत हुन्छ । गणित भएकाले यो भागमा खास्सै समस्या छैन । दोस्रो भाग जसलाई फलित भनिछ, यो नै खगोलिय तथ्यमा रहेर गरिने भबिष्यबाणी हो त्यसैले यो भाग अलि विवादित पनि छ । अब प्रश्न उठ्नु स्वभाविक हो “के तार र ग्रहहरुले साँच्चै हाम्रो जिवनमा असर गर्छ त रु

    यसमा ज्योतिष शास्त्रको बिश्वास गर्नेहरुको भनाई हुन्छ ’यति टाढा रहेको चन्द्रमाले समुन्द्रमा ज्वारभाटा ल्याउन सक्छभने हाम्रो जिवनमा पनि असर गर्न सक्छ’ अनि समस्या यहिँबाट सुरू हुन्छ । समुन्द्रको द्रव्यमान धेरै हुने भएकाले चन्द्रमाले समुन्द्रमा ज्वारभाटा पैदा गर्न सक्छ । यदी तपाइँले न्यूटनको गुरूत्वाकर्षण सम्बन्धी सिद्दान्त पढ्नुभएको छ भने तपाइँलाई थाहा नै होला कुनै दुई वस्तिविचको गुरूत्वाकर्षण बल ती दुई वस्तुहरुको द्रव्यमान र दुरीमा निर्भर गर्दछ । गुरुत्वाअकर्षण बल संधै द्रव्यमान सँग समानुपातिक र दुरीसँग व्युत्क्रमानुपातिक हुन्छ । मतलब जति धेरै द्रव्यमान र कम दुरी उती नै धेरै गुरुत्वाकर्षण ।अब यहाँ आफ्नो द्रव्यमान समुन्द्रसँग तुलना गर्ने हो भने तपाइँको द्रव्यमान अति नै कम अर्थात नगन्य हुन आउँछ । मतलव चन्द्रमाले तपाइँलाई लगाउने गुरुत्वाकर्षण बल लगभग शुन्य । यस्तै एकदमै न्यून गुरुत्वाकर्षण बल त जुन घरमा तपाइँ बस्नुहुन्छ त्यो घरले, तपाइँको आसपासको बस्तुहरुले पनि लगाईरहेको हुन्छ । हामिलाई लाग्ने सबैभन्दा ठुलो गुरुत्वाकर्षण वल त पृथ्वीले हामिलाई लगाउने गुरुत्व बल हो । तर यसको बारेमा ज्योतिष शास्त्रमा कहिँकतै उल्लेख गरेको पाइँदैन ।

    गुरुवाकर्षण बलमा सहमत हुन नसकेपछि मान्छेहरु अन्य शक्तिको बारेमा चर्चा गर्न थाल्छन् । ’त्यहाँ अरु कुनै शक्ती हुन सक्छ’। अहिलेसम्म भौतिक बिज्ञान (Physics) ले ४ ओटामात्र आधारभुत बलहरु पत्ता लगाएका छन् । जसमध्ये २ ओटा स्ट्रङ न्युक्लियर फोर्स (strong nuclear force) र विक न्युक्लियर फोर्स र (weak nuclear force) रहेका छन् जसले परमाणु(Atom)भन्दापनि कम दुरीका लागिमात्र काम गर्छन् र बाँकी दुई बलहरु गुरुत्वाकर्ष बल (Gravitational Force) र बिधुत चुम्बकिय बल (Electromagnetic Force) हुन् । गुरुत्वाकर्षण बलको बारेमा त हामिले भर्खर कुरा गरीहालेउ अब बाँकी रह्यो बिधुत चुम्बकिय (Electromagnetic Force)यहाँ बिधुत चुम्बकिय बलले पनि कुनै काम गरीरहेको देखिंदैन किनकी चन्द्रमा लगायत ग्रहहरुको आफ्नै बिधुत चुम्बकिय बिकिरणको आफ्नै श्रोत नै छैन । तिनिहरु सबैले सुर्यबाट निस्कने बिकिरण (Radiation) लाई प्रतिबिम्बित गर्छन् जसको थोरै हिस्सामात्र हामिकहाँ आईपुग्छ । त्यसले हामिलाई कुनै असर गर्न सक्ने तथ्य आजसम्म फेला परेको छैन । जबकि तपाइँको हातमा भएको मोबाईलफोन वा तपाइँको घरमा भएको विद्युतीय उपकरणले त्योभन्दा हजारौँ गुणा धेरै बिकिरण उत्पादन गर्न सक्दछ । त्यसैले सुर्यबाट निस्केको बिकिरण ग्रहरुमा ठोक्किएर हामिकहाँ आईपुने बिकिरणको कुनै अर्थ छैन ।

    यदी यो बाहेक अरु कुनै बल छ भने त्यो बल सबैमा बराबर हुनुपर्ने हो । कुनै एक मिती, समयमा र स्थानमा जन्मेका लाई बढी वा घटि नहुनुपर्ने हो किनकि प्रकृतिले कसैलाईपनि भेदभाव गर्दैन । यदी १२ राशिका १२ व्यक्ती कुनै अग्लो ठाउँबाट हामफालेभने १२ जनालाई नै पृथ्वीको गुरुत्वबले जुनै भेदभाव गर्नेछैन, बराबर बलले आफुतिर तान्नेछ । यसलाई अझ अर्को उदाहरणबाट बुझ्ने कोसिस गरौँ ’केहिदिन अघिमात्र सिमतालमा बस दुर्घटना भयो र अझैपनि कयौं बेपत्ता छन् भने ३ जना पौडेर बच्न सफल भए । अब के बच्न सफल ३नै जनाको उही राशी वा एउटै जन्मसमय थियो होला त रु, या बेपत्ता सबैको एउटै जन्मसमय, स्थान र एउटै राशी होला त रु’ अर्थात एउटै घटनामा न राशिअनुसार बिभेद हुन्छ न त जन्ममिती न त जन्मसमयानुसार नै । एउटै घटनामा सबैले पाउने क्षती उस्तै हुन्छ, प्रकृतिमा रहेका सबै बलले कुनै भेदभाव गर्दैनन् । अब तपाइँ सोच्नुहोला त्यहि घटनामा कसरी ती ३ जना बच्न सफल भए त रु यसलाई संयोग भनिन्छ न कि राशिको प्रभाव । त्यसैले जन्मको समयमा हुने ग्रह र ताराहरुको स्थितीले तपाइँको भबिष्य र व्यक्तित्वमा फरक पार्छ भन्ने कुनै बैज्ञानिक आधार भेटिंदैन ।

    एकपटक सोच्नुहोस त ’तपाइँ जन्मेको समयमा त्यस्तो कुन शक्ती पैदा हुन्छ जुन केही सेन्टिमिटर बाक्लो आमाको पेटको छालालाई छेडेर जान नसक्ने तर तपाइँ जन्मिनेबित्तिकै अस्पतालका ठुला बाक्ला पक्कि भित्ताहरु छेडेर तपाइँको भबिष्य निर्धारण गर्न कसरी कहाँबाट आईपुग्छरु’
    वास्तवमै ज्योतिसहरुसँग कुनै त्यस्तो संयन्त्र छैन जसले आकाशमा भएका तारा र ग्रहरुको स्थितीले मानिसको व्यक्तित्व र भबिष्यमा प्रभाव पार्न सकिन्छ भन्ने कुरा बैज्ञानिक आधारमा प्रामाणित गर्न सकियोस ।

    सन् १९५८ मा लण्डनमा २००० भन्दा माथि यस्ता बालबालिकाहरुमाथि अध्ययन गरीएको थियो जो केही मिनेटको फरकमा एकै ठाउँमा जन्मिएका थिए । यदी तिनिहरु सबैको चिना बनाउने हो भने लगभग उस्तै बन्छ । यो अध्यानको उदेश्य एउटै चिना भएको व्यक्तिहरुको व्यक्तित्वमा कति समानता छ भन्ने जान्नु थियो । यो अध्यायन जेफ्री डिङ जो बैज्ञानिकका साथै ज्योतिष पनि थिए ।
    यो अध्यानको लागि २००० भन्दा बढी शिशुहरुको छनौट गरीएको थियो । उनीहरुको बृद्दि कसरी भैरहेको छ भनेर नियमित अनुगमन गरिन्थ्यो । यसमा सोधकर्ताहले १०० भन्दा बढी बिशेषताहरुको बारेमा अनुगमन गरीरहेका थिए ।उनीहरुमा पेशाको छनौट, चिन्ताको स्तर, बैबाहिक स्थिती, आक्रमकता, सामाजिक क्षमता, IQ स्तर र कला खेलकुद क्षमता आदिजस्ता १०० भन्दा बढी बिषेशताहरुको अनुगमन गरीएको थियो । यसरी लामो समय गरीएको अनुसन्धानले त्यस्तो कुनै ठोस प्रमाण सकेन जसले एकै समयमा जन्मेकाहरुको व्यवहार समान हुन्छ भनेर प्रमाणित गर्न सकियोस् ।

    आफैं सोच्नुहोस त हाम्रै संघिय राजधीनी काठमाण्डौमा एकै समयमा कति शिशु जन्मिन्छन् होलारु उनीहरुको चिना पनि त लगभग उस्तै बन्लान् तर के उनीहरुको व्यक्तित्व र भबिष्य एउटै हुन सक्ला त रु जब सन् १६०९ मा ग्यालियो ग्यालिलीले टेलिस्कोप पत्ता लगाए त्यसपछि थप ३ ओटा ग्रह पत्ता लाग्यो, अरुण बरुण र यम । ज्योतिसहरु अहिलेसम्म यी ३ ग्रहहरु बिनानै भबिष्यबाणी गर्दै आएका छन् । आखिर ग्रह र ताराले कसैको भबिष्यमा प्रभाव पार्ने नै हो भने यी ग्रहहरुले पनि प्रभाव पार्लान् नि तर यसको बारेमा ज्योतिषहरु नै अनभिज्ञ छन् । अब फेरी अर्को रोचक कुरा के छ भने भौतिक रूपमा राहु र केतु दुई ग्रहरु आजसम्म प्रमाणित भएक छैनन् तर जन्मकुण्डलीमा भने यिनको उल्लेख गरीएको छ । यसबाहेक ग्रह र राशिको बिशेषताहरु पनि तिनका आकारसँग मिल्दाजुल्दा देखिन्छन् । जस्तो कि मंगल ग्रहको रंग रातो हुन्छ यसलाई रगतसँग जोडेर हेरिन्छ । जसले युद्ध, रक्तपात, चिरफार, निर्भय, बहादुरी जस्ता बिशेषता बोक्छ र प्रहरी सेनाजस्तो लडाई गर्ने पेशासँग सम्बन्धित बताईन्छ । त्यसै शनीको राशी उसको ढिलो चालको कारण अपांगता मानिन्छ जसले आलस्यता, धैर्यता र न्यायजस्ता बिशेषता बोक्ने गर्दछ ।

    त्यसैगरी राशिका बिशेषता पनि तिनिहरुका आकारसँग धेरै मिल्दाजुल्दा छन् जस्तै सिंह राशि हुनेहरुलाई बहादुर, साहसी र राजाको जस्तो शान भएका हुन्छन् भनेर मान्ने गरीन्छ । तर वास्तबिकता भने आकाशमा देखिने राशिहरु हाम्रा सोचका उपजहरु मात्र हुन् । उदाहरणको लागी सिंह नक्षत्रलाई नै लिउँ यसको आकार हाम्रो कुनै पुर्खालाई सिंहजस्तो लाग्थ्योहोला त्यसैले यसको नाम सिंह राखिदियो । कसैलाई यहि आकार बिरालो र बाँदरजस्तो पनि लाग्न सक्छ नि वास्तवमा यो आकार पृथ्वीबाट हेर्दामात्र यस्तो देखिएको हो । जुन ताराहरु मिलेर यस्तो आकार बन्छ तिनीहरुको एक अर्कासँग कुनै सम्बन्ध नै छैन न त यिनिहरु एउटै आकाशगंगा (Galexy) मा नै छन् । तर दुर्भाग्य यसबारे अनभिज्ञ ज्योतिषहरु तिनै राशीचक्रको आधारमा मान्छेहरुको भबिष्य र चरित्र बताईरहेका छन् ।

    सत्य कुरा के हो भने हामिहरु सबैजना केही हदसम्म समान छौँ । हाम्रो सोच्ने तरीका हामिलाई मनपर्ने मन नपर्ने कुराहरु लगभग समान नै हुन्छन् । हामिहरु संधै आफुलाई फरक र बिशेष सम्झन्छौँ । एउटा कुरा हामि सबैमा समान छ र त्यो कुरा हो ’हामी सबैलाई अर्काले आफ्नोबारेमा तारीफ गरीदियोस भन्ने लाग्छ।’ जब हामि कसैले हाम्रो नाममात्र भन्छन् भनेपनि कान त्यतै ठाडो पार्न पुग्छौँ । यही त्यो हतियार हो जसले हामिलाई ज्योतिष शास्त्रतिर लैजान मद्दत गर्ने गर्छ । हामी चाहन्छौँ कि कसैले हाम्रोबारेमा कुरा गरोस, कसैले म कस्तो छु भनेर बताओस, मेरो भबिष्य बर्तमान सबै बताओस्, उसले बताएका कुराहरुमा कुनै बैज्ञानिक आधार होस् या नहोस ख्यालै नगरी हामी आफ्नोबारे सुन्न आतुर छौँ । आफुलाई ज्योतिष शास्त्रमा कुनै बिश्वास छैन भन्नेहरु पनि आफ्नोबारेमा सुन्न, आफ्नो राशी देखाउन चिना देखाउन दौडिहाल्छन् । अझ अर्को कुरा के छ भने हामि सबैलाई भबिषयको चिन्ता छ। मानिस अबैलाई भबिष्यको बारेमा जान्नु छ । हामी सबैजना आफ्नो भबिष्यमा स्थिरता चाहन्छौ, हाम्रो जिवनमा सफल हुन चाहन्छौँ त्यसैले हामि अनिश्चिताहरुदेखि धेरै डराउँछौ ।
    बाँकी, ज्योतिस बिज्ञानलाई मान्ने नमान्ने तपाइँकै हातमा ।
    धन्यवाद !

    लेखक पत्रकार बिनोद तमु ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू बीच हुने द्वन्द्व तथा तनाव व्यवस्थापन

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    ताजा समाचार
    १

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    २

    निकोलस मादुरो फेरि अदालतमा

    ३

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ४

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ५

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ६

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ७

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    ८

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    ९

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    १०

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    समाचार
    थप

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    हाम्रो नजर
    थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution