• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ३०, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

युएन वुमेनकी उपकार्यकारी निर्देशक गुम्बोनज्वान्डाको नेपाल भ्रमण

होमपेज / समाचार
  • ५२४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • नेपाल उत्पीडित जातीय मुक्ति समाज धादिङले स्थापना दिवस मनायो

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ पौष ३, बुधबार (१ साल अघि)

    नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी धादिङले आफ्नो ३७ औँ स्थापना दिवस मनाएको छ ।बुधबार धादिङबेशी स्थित मदन आश्रित स्मृती भवनमा मुक्ति समाजको ३७ औँ स्थापना दिवसको अवसरमा जिल्ला स्तरीय कार्यकर्ता भेला गरी शुभकामना आदान प्रदान,संस्थापक सदस्य सम्मान लगाएतको कार्यक्रमको आयोजना गरी मनाएको हो ।

    कार्यक्रमको अवसरमा मुक्ति समाज धादिङका संस्थापकहरु,गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको निर्वाचनबाट अध्यक्ष पदमा नवनिर्वाचित अध्यक्ष सिताराम अधिकारी, दलित समुदायबाट निर्वाचित सदस्यद्धय अनिल कुमार नेपाली र शुसिला विश्वकर्मालाई सम्मान गरिएको थियो।भेलाले आयोजक कमिटी समेत गठन गरेको छ ।गल्छीका राम बहादुर विकको संयोजकत्वमा ५१ सदस्यीय आयोजक कमिटी गठन गरिएको हो ।

    जसको सह संयोजकमा राम बहादुर गैह्रे, सचिवमा रामजी परियार, कोषाध्यक्ष जुना नेपाली र उपसचिवमा प्रमिला सुनार चयन हुनुभएको छ।मुक्ति समाज जिल्ला कमिटी धादिङका अध्यक्ष जित बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष भुमि प्रसाद त्रिपाठीको प्रमुख आतिथ्यता रहेको थियो।

    कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य ध्रुव विक,प्रदेश कमिटी सचिवालय सान्नानी परियार,नेपाल उत्पीडित मुक्ति समाज केन्द्रीय सदस्य एवं नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य कुमार विश्वकर्मा, मुक्ति समाजको केन्द्रीय सदस्य तथा धादिङका ईन्चार्ज एवं एमाले जिल्ला कमिटी सचिवालय सदस्य दिल बहादुर रम्तेल लगायतको आतिथ्यता रहेको थियो भने जनप्रतिनिधिहरु तथा एमाले धादिङका बिभिन्न तहका नेताहरु र बिभिन्न पालिकाका मुक्ति समाजको प्रतिनिधिहरु सहभागी थिए।

    कार्यक्रममा प्रमुख अतिथि एमाले धादिङका अध्यक्ष त्रिपाठीले नेपाल उत्पीडित जातीय मुक्ति समाजले दलित आन्दोलनको नेतृत्व हाँकेको बताउनुभयो ।मुक्ति समाजले जातीय विभेदबाट मुक्तिका लागि अझै धेरै काम गर्नुपर्ने उहाँको भनाई थियो । जातीय विभेद र छुवाछुतलाई समग्रमा अन्त्य गर्ने अभियानलाई अघि बढाउन र मुक्ति समाजलाई अझ बलियो बनाउन त्रिपाठीले आग्रह गर्नुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    युएन वुमेनकी उपकार्यकारी निर्देशक गुम्बोनज्वान्डाको नेपाल भ्रमण

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    ताजा समाचार
    १

    युएन वुमेनकी उपकार्यकारी निर्देशक गुम्बोनज्वान्डाको नेपाल भ्रमण

    २

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    ३

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ४

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ५

    निकोलस मादुरो फेरि अदालतमा

    ६

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ७

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ८

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ९

    टीओबी अध्यक्षको बयानमा के छ ?

    १०

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    समाचार
    थप

    युएन वुमेनकी उपकार्यकारी निर्देशक गुम्बोनज्वान्डाको नेपाल भ्रमण

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution