
धादिङको गल्छी गाउँपालिका–६ निवासी सानी कान्छी तामाङलाई श्रीमान् स्वर्गीय भाइबहादुर तामाङको निधनपछि बीमा वापतको रकम हस्तान्तरण गरिएको छ।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गल्छीमार्फत केन्द्र नं. ४० अन्तर्गत आज उहाँलाई रु. ९७ हजार ५ सय प्रदान गरिएको हो।
उक्त रकम शाखा प्रबन्धक दीपक दाहाल ले शाखाका सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा चेकमार्फत हस्तान्तरण गर्नुभएको थियो।
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड हिमालयन बैंक लिमिटेड को सहायक कम्पनी समेत हो।
यस किसिमको बीमा सुविधाले सदस्यहरूको जीवनमा आइपर्ने आकस्मिक जोखिमको समयमा आर्थिक सहारा प्रदान गर्नुका साथै परिवारलाई कठिन परिस्थितिमा समेत उभिन हौसला दिने विश्वास लिइएको छ।
लघुवित्त संस्थाहरू केवल ऋण प्रवाह गर्ने निकाय मात्र नभई सामाजिक सुरक्षा र समुदायमा विश्वासको आधार निर्माण गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएका छन्।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |