• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ३०, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

युएन वुमेनकी उपकार्यकारी निर्देशक गुम्बोनज्वान्डाको नेपाल भ्रमण

होमपेज / मुख्य समाचार
  • ४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • युएन वुमेनकी उपकार्यकारी निर्देशक गुम्बोनज्वान्डाको नेपाल भ्रमण

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८३ बैशाख ३०, बुधबार (८ घण्टा अघि)

    महिला सशक्तिकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय संस्था युएन वुमनकी उपकार्यकारी निर्देशक तथा संयुक्त राष्ट्रसंघकी सहायक महासचिव न्यारद्जायी गुम्बोनज्वान्डा आफ्नो सप्ताहव्यापी नेपाल भ्रमणको लागि काठमाडौं आइपुग्नुभएको छ। नेपाल भ्रमणका क्रममा वहाँले नेपाल सरकारका उच्चस्तरीय पदाधिकारी, संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधि तथा विभिन्न साझेदार संस्थासँग भेटवार्ता गर्नुहुनेछ।

    आफ्नो नेपाल बसाइ्मा गुम्बोनज्वान्डाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादी तथा परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटमा नेपालमा लैङ्गिक समानता, महिला सशक्तीकरण तथा समावेशी विकासका क्षेत्रमा भइरहेको प्रगति र चुनौतीबारे छलफल भएको युएन वुमन नेपालले जारी गरेको मिडिया दस्तावेजहरूमा उल्लेख गरिएको छ।

    वहाँले नेपालमा युएन वुमन समेत संयुक्त राष्ट्रसंघका विभिन्न निकायले सञ्चालन गर्दै आएका कार्यक्रम र प्राथमिकताबारे जानकारी दिँदै महिलाको आर्थिक सशक्तीकरण, महिला तथा बालबालिकामाथि हुने हिंसाको अन्त्य, महिलाको नेतृत्व विकास, राजनीतिक सहभागिता अभिवृद्धि तथा शान्ति र सुरक्षामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न संस्था प्रतिबद्ध रहेको बताउनुभएको छ। साथै, लैङ्गिक समानतामैत्री नीति तथा कानुन निर्माण र कार्यान्वयनमा सहयोगलाई अझ सुदृढ बनाउँदै लाने पनि वहाँको धारणा छ।

    आफ्ना भेटाघाटमा गुम्बोनज्वान्डाले विशेषगरी सीमान्तकृत महिला, किशोरी तथा बालबालिकाका लागि अवसर विस्तार, आर्थिक पहुँच, नेतृत्व विकास र सुरक्षासम्बन्धी पहललाई आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढाउने बताउनुभयो। आफू पनि फरक क्षमता भएको र सीमान्तकृत मानिने समुदायबाट आएको उदाहरण दिंदै वहाँले बालविवाह अन्त्य, लैङ्गिक हिंसा रोकथाम, महिला अधिकार प्रवर्द्धन तथा सामाजिक न्यायका सवालमा बहुपक्षीय सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।

    नेपाल भ्रमणका क्रममा वहाँले संयुक्त राष्ट्रसंघीय निकाय, विकास साझेदार तथा महिला अधिकारका क्षेत्रमा काम गर्ने सरोकारवालासँग पनि भेटवार्ता गर्नुहुनेछ। युएन वुमन नेपालले सामाजिक सञ्जालमार्फत गुम्बोनज्वान्डाको भ्रमणले नेपालमा लैङ्गिक समानता र महिला नेतृत्वसम्बन्धी सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    निकोलस मादुरो फेरि अदालतमा

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ताजा समाचार
    १

    युएन वुमेनकी उपकार्यकारी निर्देशक गुम्बोनज्वान्डाको नेपाल भ्रमण

    २

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    ३

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ४

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ५

    निकोलस मादुरो फेरि अदालतमा

    ६

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ७

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ८

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ९

    टीओबी अध्यक्षको बयानमा के छ ?

    १०

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    समाचार
    थप

    युएन वुमेनकी उपकार्यकारी निर्देशक गुम्बोनज्वान्डाको नेपाल भ्रमण

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution