• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ फागुन ६, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू बीच हुने द्वन्द्व तथा तनाव व्यवस्थापन

खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

होमपेज / समाचार
  • ३३९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • असार मसान्त भित्र धादिङबेसी सह लगानी खानेपानीको काम सम्पन्न हुने

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ पौष २२, सोमबार (१ साल अघि)

    धादिङबेसी सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाको काम असार मसान्त भित्र सम्पन्न गर्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । नगर प्रमुख भीम प्रसाद ढुंगानाले काममा भएको ढिलाई प्रति निर्माण पक्षसँगको छलफलमा सगुन कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ प्रा.ली.का प्रबन्धक निर्देशक सहदेव खड्काले असार मसान्त भित्र काम सक्ने प्रतिवद्धता जनाउनु भएको हो ।
    सह लगानी कोषको ७० प्रतिशत र स्थानीय सहभागीता ३० प्रतिशत हुने गरी काम भईरहेको छ । अहिले सम्म भौतिक प्रगतीको काम ५३.०५ प्रतिशत सम्पन्न भएको र वित्तीय प्रगती ४९.३९ सम्पन्न भएको प्रबन्धक निर्देशक सहदेव खड्काले जानकारी दिनुभयो ।
    नीलकण्ठ नगर प्रमुख भीम प्रसाद ढुंगानाले असार मसान्त भित्र काम सम्पन्न नगरे भुक्तानी पनि रोक्ने र कम्पनीलाई कालो सुचिमा राख्ने समेत चेतावनी दिनुभएको छ । आफ्नो कार्याकालको गौरवको आयोजना मध्ये खानेपानीको काम पनि रहेको भन्दै तत्काल काम द्रत गतिमा गर्न समेत निर्देशन दिनुभएको छ । काम गर्दा कुनै अवरोध भए तत्काल आफुलाई खबर गर्न समेत फिल्ड ईन्जिनियरहरुलाई निर्देशन दिनुभएको छ ।

    नगर पालिकामा भएको छलफलमा नगर प्रमुख भीम प्रसाद ढुंगाना, नगर उप प्रमुख दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनका प्रमुख सुन्दर सुवेदी,संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका ईन्जिनियरहरु प्रदिप रेग्मी,अमृत भण्डारी, सगुन कन्स्ट्रक्सन एण्ड ईन्जिनियरिङ प्रा.ली.का प्रबन्धक निर्देशक सहदेव खड्का र निर्माण पक्ष कम्पनीका ईन्जिनियहरुको सहभागिता रहेको थियो । अहिले सम्म खानेपानी कार्यलयका भवन,प्रसारण पाईप लाईन,वितरण पाईपलाईन अन्तिम चरणमा पुगेको छ ।

    यसैगरी अल्छिडाँडा,अधिकारी डाँडा,राम्चे,डाँडागाउँ,भानुपार्क र भुलभुलेको काम पनि अन्तिम चरणमा पुगेको छ ।खानेपानीको प्रशोधन केन्द्रको निर्माण भने सुरु हुन नसकेको आयोजना पक्षले जानकारी गराईएको छ । कुनै कुनै स्थानमा स्थानियसँगको विवादको कारणले काममा ढिलाई भएको छ । वि.स.२०८१ सालको असार भित्र खानेपानीको काम सम्पन्न गर्नको लागि मेयर ढुंगानाले आयोजना निर्माण पक्षलाई निर्देशन दिनुभएको छ ।

    निर्माण पक्षले असार मसान्त भित्र काम सम्पन्न गर्ने गरी थप कामदार ल्याएर असार मसान्त भित्रनै खानेपानीको काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।धादिङबेसी सह–लगानी खानेपानी तथा सरसफाई आयोजनाबाट नीलकण्ठ नगरपालिकाको वडा नम्बर २,३,४ र १२ का नागरिकहरु लाभान्वित हुनेछन् ।

    उक्त खानेपानी आयोजनाको काम सम्पन्न भएपछि धादिङबेसीको खानेपानीको समस्या हल हुनेछ । उत्कृष्ट खानेपानी वितरण स्थापना गर्ने गरी बजार क्षेत्रको खानेपानी पाईप लाईन विस्तार भईरहेको छ । बैज्ञानिक तथा आधुनिक तरिकाबाट खानेपानी वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ताजा समाचार
    १

    स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू बीच हुने द्वन्द्व तथा तनाव व्यवस्थापन

    २

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    ३

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ४

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    ५

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    ६

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ७

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ८

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ९

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    १०

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    समाचार
    थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    हाम्रो नजर

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution