धादिङका डेनिड विश्वकर्मा ग्रेटर बे कप अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पिनसिप प्रतियोगितामा प्रथम हुनु भएको छ । हिजो र आज मकाउमा भएको प्रतियोगीतामा सिद्धलेक गाउँपालिका २ नलाङका विकले पुरुष ६८ केजीमुनिमा प्रतिस्पर्धा गर्नुभएको थियो ।
विकले मकाउ, हङकङ र चाईनाका खेलाडीलाई पराजित गर्नुभएको हो । धादिङका डेनिड विक सहित ९ जना खेलाडी सहित ११ सदस्सीय नेपाली टोली तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय श्रृङ्खलामा सहभागी हुन मकाउ गएका थिए ।
विभिन्न आधा दर्जन भन्दा बढी अन्तराष्ट्रिय र दर्जन भन्दा बढी राष्ट्रिय स्तरका प्रतियोगिता खेली सकेका डेनिड धादिङ तेक्वान्दो संघका कोषाध्यक्ष एवम धादिङका तेक्वान्दोका प्रशिक्षक समेत हुनुहुन्छ ।
उक्त तेक्वान्दो ग्रेटर बे कप अन्तर्राष्ट्रिय श्रृङ्खलामा नेपालबाट पुरुष ६८ केजीमुनिमा विमल रोकाया, ८० केजीमुनि सुरज कार्की, ३६ केजीमुनि असिम श्रेष्ठ तथा ४७ केजीमुनि र एकल पुम्सेमा प्रबलविक्रम बानियाँले प्रतिस्पर्धा गर्नुभएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |