• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २४, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ६८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ मंसिर २९, आईतबार (४ महिना अघि)

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको चौथो अधिवेशनबाट सन्दिप रिजालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ । यु रे स अध्यक्ष शर्मीला अर्यालको अध्यक्षमा सम्पन्न भएको चौथो अधिवेशनमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका मन्त्री नेमबहादुर श्रेष्ठ, क्याम्पस प्रमुख एवम् युरेस संरक्षक डा. मुरारी अधिकारी, सहायक क्याम्पस प्रमुख युवराज सुवेदी, निवर्तमान क्याम्पस प्रमुख नवराज शर्मा, निवर्तमान सहायक क्याम्पस प्रमुख देवी प्रसाद अधिकारी, नेरेसो धादिङ शाखाका कोषाध्यक्ष नारायणकुमार श्रेष्ठ, क्याम्पसका विभिन्न विभागका विभागीय प्रमुखहरु, शिक्षक नायक नवराज सापकोटा, सल्लाहकारहरु हरि लम्साल, डमरु खतिवडा, विष्णुमाया बराल, प्राध्यापकहरु, नेरेसो नीलकण्ठ शाखाका राजन अधिकारी, युरेस पदाधिकारी एवम् सदस्यहरु, युरेस सदस्य रहेका सम्पुर्ण विद्यार्थीहरुको उल्लासमय उपस्थिति रहेको थियो ।
    नीलकण्ठ बहुमुखी क्याम्पसमा मिति २०७५ साल असार २५ गते अनिश श्रेष्ठको अध्यक्षतामा गठन भइ दोश्रो कार्यसमिति कुमार श्रेष्ठको अध्यक्षतामा, तेश्रो कार्यसमितिको रुपमा हाल शर्मीला अर्यालको नेतृत्वमा रहदै आएको थियो । यसै सन्दर्भमा युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पसले आज चौथो अधिवेशन सम्पन्न गर्न सफल भएको हो ।


    अधिवेशनको सन्दर्भमा उपाध्यक्ष सन्दिप रिजालले स्वागत मन्तव्य, स्टुडेन्ट क्वालिटी सर्कलका संयोजक युसफ तामाङ, नेरेसो नीलकण्ठ शाखाका राजन अधिकारी, शिक्षक नायक नवराज सापकोटा, निवर्तमान क्याम्पस प्रमुख नवराज शर्मा, सहायक क्याम्पस प्रमुख युवराज सुवेदी, नेरेसो धादिङका कोषाध्यक्ष नारायणकुमार श्रेष्ठ, क्याम्पस प्रमुख डा मुरारी अधिकारी, नेरेसो मन्त्री नेमबहादुर श्रेष्ठ लगायतका वक्ताहरुले मन्तव्य राख्नुभएको थियो ।
    सचिव दिपा अधिकारी र सहसचिव रोशन बयलकोटीले सञ्चालन गर्नुभएको कार्यक्रममा शुभकामनाका शब्दहरु राख्नुहुँदै सम्पुर्ण वक्ताहरुले क्याम्पसको सर्कलले विगतमा विभिन्न प्रदेश तथा राष्ट्रिय तहका कार्यक्रम एवम् रक्तदान, सडकनाटक, सिमुलेसन, तालिम गोष्ठी, स्वयम्सेवा लगायत विभिन्न सामाजिक कार्यमा सामेल हुँदै पटकपटक जिल्लास्तरमा उत्कृष्ट सर्कल एवम् उत्कृष्ट स्वयँसेवक समेत बन्न पुगेको इतिहासलाई आज निर्वाचित कार्यसमितिले निरन्तरता दिदै थप रचनात्मक एवम् सिर्जनात्मक कार्य गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै नयाँ चयन हुदै रहेका कार्यसमितिलाई शुभकामनाका शब्दहरु राख्नुभएको थियो ।


    शिक्षक नायक नवराज सापकोटाले स्थापनाकालदेखीका युरेसले गरेका सामाजिक कार्यहरु पुनस्मरण गराउँदै आगामी दिनमा रेडक्रसको सिद्धान्त र समग्र क्याम्पसको हितमा नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभएको थियो । त्यस्तै निवर्तमान क्याम्पस प्रमुखले युवा रेडक्रस सर्कल सकृय हुँदा क्याम्पसलाई क्यु ए ए प्राप्तिको लागि समेत सहयोग पुगेको भन्दै प्रशंसा र शुभकामना व्यक्त गर्नुभएको थियो । क्याम्पस प्रमुख डा मुरारी अधिकारीले युरेस क्याम्पसको अभिन्न अङ्ग रहँदै आएको र अब बन्ने कार्यसमितिसँगको सहकार्य झनै फलदायी हुने विश्वास व्यक्त गर्नुभएको थियो भने जिल्ला शाखाका मन्त्री नेमबहादुर श्रेष्ठले युरेस नीलकण्ठ बहुमुखी क्याम्पसले जिल्ला शाखाभन्दा पनि अग्रभुमिकामा रहँदै आएकोमा निकै प्रशंसा गर्दै आगामी दिनमा जिल्ला शाखा र सर्कलको सहकार्य थप सबल बनाउन प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभएको थियो ।
    अधिवेशनको बन्दसत्रको क्रममा सचिव दीपा अधिकारीको साँगठानिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश भइ पारित भएको थियो । भने युवराज सुवेदी, नवराज सापकोटा र विष्णुमाया बरालको निर्वाचन समितिबाट नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गर्दै सन्दिप रिजालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति र सन्तोष श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय स्वयम्सेवक परिचालन समिति घोषणा गरिएको थियो ।
    नवनिर्वाचित कार्यसमिति
    अध्यक्ष – सन्दिप रिजाल
    उपाध्यक्ष – रोचन थापा
    सचिव – स्नेहा श्रेष्ठ
    सहसचिव – भुवनराज भट्ट
    कोषाध्यक्ष –समीक्षा खतिवडा
    उपकोषाध्यक्ष – इन्द्रकुमारी मजकोटी
    सदस्य – दिपा श्रेष्ठ
    सदस्य – करिश्मा परियार
    सदस्य – आस्था तामाङ
    सदस्य – रोजिना थापा
    सदस्य – रामकुमार श्रेष्ठ

    स्वयम्सेवक परिचालन उपसमिति
    संयोजक – सन्तोष श्रेष्ठ
    सदस्य – सलिना श्रेष्ठ
    सदस्य – खुसी भारती
    सदस्य – सुस्मिता रिजाल
    सदस्य – तारा मगर
    सदस्य – अमिसा सुनार
    सदस्य – एलिसा रिजाल

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution