• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १६, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ३३८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ भाद्र १९, बिहिबार (७ महिना अघि)

    समावेशी मञ्च नेपालका अध्यक्ष बद्री पुनले सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा उनीहरू गम्भीर समस्यामा परेको बताउनुभएको छ । जिल्ला समन्वय समिति धादिङको सहकार्यमा समावेशी मञ्च नेपालले आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि नीतिनिर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रमको सम्बोधन गर्दै आफ्नो जीवनका अनुभव बाँड्दै पुनले राज्यका कुनै पनि तहबाट समुदायलाई सुरक्षा र अधिकारको ग्यारेन्टी नभएको गुनासो गर्नु भएको हो ।

    रोजगारी, शिक्षा, स्वास्थ्य, कानुनी पहिचानदेखि सामाजिक स्वीकृतिसम्मका विषयमा अल्पसंख्यक समुदायले अझै पनि कठिनाइ भोगिरहेको उहाँले बताउनुभयो । “हाम्रो अस्तित्वलाई नै स्वीकार नगर्ने अवस्था छ, यो मानसिकता परिवर्तन नगरी समस्या समाधान हुँदैन,” पुनले भन्नुभयो– ‘स्थानीय तहबाटै नीतिगत पहल थालेर समुदायको हकहित सुनिश्चित गर्नुपर्नेमा जोड दिनु पर्छ । संघीय र प्रादेशिक सरकारभन्दा पनि स्थानीय सरकारले समुदायका माग र समस्यालाई सहज र चाँडै सम्बोधन गर्न सक्छन् ’ उहाँले भन्नुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय अधिकारी रामाश्रय यादवले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई स्थानीय योजना र नीतिमा समावेश गर्नका लागि प्रयास गरिने बताउनुभयो । सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष सविता अर्यालले लैङ्गिक र यौनिक अल्पसंख्यकका लागि सचेतनामूलक कार्यक्रम र कानुनी सहयोगको आवश्यकता रहेको बताउनुभयो । साथै आफ्नो पालिकामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको पहिचान खुलाउने वातावरण सिर्जना गर्ने बताउनुभयो ।

    यस्तै गंगाजमुना गाउँपालिकाका अध्यक्ष भक्त लामाले सामाजिक स्वीकृति र समान अवसरका लागि गाउँस्तरमै नीति बनाउनुपर्नेमा जोड दिँदै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारको लागि दत्तचित्त भएर लाग्ने बताउनुभयो । जिल्ला समन्वय समितिका अध्यक्ष नवराज अधिकारीले भने धादिङमा यौनिक तथा अल्पसंख्यक समुदायको कुनै पनि तथ्यांक नभएको र समन्वय समितिले मात्रै नभई सबै निकायको समन्वयमा मात्रै अल्पसंख्यक समुदायका समस्या समाधान गर्न सकिने बताउनुभयो । कार्यक्रममा सरोकारवालाहरुले शिक्षा, रोजगारी, स्वास्थ्य र कानुनी संरक्षणका क्षेत्रमा तत्काल ठोस कदम चाल्न आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution