• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ श्रावण २८, मंगलबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगद सहित सम्मान

चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

होमपेज / Breaking News
  • ९२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया


  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ श्रावण २८, मंगलबार (६ घण्टा अघि)

    छोरी किरियामा बस्नु हुँदैन भन्ने समाजको मान्यतालाई तोड्दै काभ्रे जिल्ला पनौती नगरपालिका–१ रयालेमा तीन जना छोरीहरुले दिवंगत बुबाको किरिया बस्नुभएको छ ।

    छोराले मात्र दागबत्ती दिने र किरिया बस्नुपर्छ भन्ने परम्पराको अन्त्य गर्दै समाजको चेतावनीका बाबजुद विमला सापकोटा, निर्मला सापकोटा र राधिका सापकोटाले दिवंगत बुबा हरिप्रसाद सापकोटाको किरिया बस्नुभएको हो ।

    हरिप्रसादका साइली छोरी विमला बनेपा नगरपालिकाकी उपप्रमुख हुनुहुन्छ भने काइली छोरी निर्मला शिक्षिका र कान्छी छोरी राधिका नेकपा एमाले धादिङकी सचिव हुनुहुन्छ ।तीनैजना छोरीहरु अरु थुप्रै सामाजिक संघसंस्थामा सक्रिय हुनुहुन्छ ।विमला र राधिका अधिवक्ता पनि हुनुहुन्छ । जेठी छोरी सुन्तली घिमिरे ‘सापकोटा’ र माइली छोरी कमला तिमल्सिना‘सापकोटा’ शारिरीक अस्वस्थताका कारण किरिया बस्नुभएको छैन ।

    दिवंगत हरिप्रसादको छोरा हुनुहुन्न । पाँच बहिनी छोरी मात्र हुनुहुन्छ । सामाजिक संस्कार देखाएर स्थानीयले छोरीहरू काजक्रिया बस्न नहुने भन्दै विरोध गरेका थिए । उनीहरूले छोरीहरू काजक्रियामा बसे बहिस्कारसम्मको धम्की दिएको हरिप्रसादका छोरीहरुले प्रतिक्रिया दिनुभएको छ । छोरीको पनि छोरासरह कर्तव्य हुने भएकाले किरियामा बसेको उहांहरुको भनाई छ ।

    १९९३ साल असोज ३ गते ¥यालेमा जन्मनुभएका हरिप्रसादको ८९ वर्षको उमेरमा आइतबार निधन भएको थियो । छोरा नभएको र छोरीहरुमात्रै रहेका सापकोटालाई दागवत्ती कसले देला र काजकिरिया कसले गर्ला भन्ने चर्चाका बीच छोरीहरुले दागवत्ती दियो र काजकिरिया गर्न छोरीहरु नै अग्रसर भए तब समाजले त्यसलाई स्वीकार्न चाहेन । समाजको बहिस्कारको चेतावनीकाबीच तीनैजना दिवंगत बाबुको किरियामा बसेका हुन् । सामाजिक रुपमा रहेको कुसंस्कारलाई परिवर्तन गर्न आफैंबाट सुरु गर्नुपर्छ भन्ने सन्देश दिन पनि आफुहरुले नै दागवत्ती दिएको र किरिया बसेको राधिकाले प्रतिक्रिया दिनुभयो ।

    नेपालको संविधान र मुलुकी देवानी संहिताले छोरा र छोरीलाई समान अधिकार दिएको छ । छोरीले बुबाको सम्पत्ति लिन, उत्तराधिकारी बन्न र काजक्रिया गर्न बराबर अधिकार राख्दछ ।  तर, व्यवहारमा अझै पनि छोरीमाथि विभेद रोकिएको छैन । विभेद र अन्यायविरुद्ध लड्न सिकाउने बुबाको काजक्रियामै अन्याय खेप्नुपरेपछि महिला आन्दोलनका नेतृत्व गरिरहेका छोरीहरुहरुले सामाजिक संजालमा आक्रोस समेत पोखेका छन् ।

    आफूहरु किरियामा बस्दै गर्दा बहिस्कार गर्ने मिटिङ बसिरहेको थाहा पाएपछि बनेपा नगरपालिकाकी उपप्रमुख समेत रहनुभएकाबिमलाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ-‘महिलामाथिको विभेद कहिले अन्त्य हुन्छ ? आफ्नो बुबाको काजक्रिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदैछ । यो समाज र दाजुभाइ भन्नेहरूले हामीलाई पीडामाथि पीडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ । हामीले अरू कसैको बंशमा दखल गरेका छैनौँ, हामी अब थप पीडा सहन सक्ने अवस्थामा छैनौँ ।’

    बुबाले विभेद र अन्यायविरुद्ध लड्न सिकाएको स्मरण गर्दै अधिवक्ता समेत रहनुभएका अर्की छोरी राधिकाले पनि सामाजिक संजालमा लेख्नुभएको छ । ‘बुबा तपाईले सानैदेखि विभेद र अन्यायको विरूद्ध लड्न सिकाउनु भयो । कहिलै झुक्न दिनु भएन,  आज यो समाज तपाईंको काजक्रियामा हामीलाई झुकाउने प्रयत्न गर्दैछ । याद गर हामी तिमीहरूले पटक पटक गरेको विभेद र अन्याय भोग्दाभोग्दा चट्टान बनिसकेका छौँ । हिजोजस्तो हरिप्रसादका कमजोर छोरीहरू छन् भन्ने नसम्झ’, विगतलाई सम्झाउने गरी उहांले लेख्नुभएको छ ।

    हजारौं छोरीमाथि न्यायका लागि बहिस्कृत हुनसमेत तयार रहेर अघि बढेको उनीहरुको प्रतिक्रिया छ । ‘ख्याल गर, तिमीहरूले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाप छ । हामीले गरेको यो कामले हजारौं छोरीमाथि न्याय हुनेछ । खबरदार यो छलफल र बहस रोक । हाल हामी बहिस्कार हुन तयार छौँ । १३ दिन हाम्रो बुबाको घरमा बसेर काजक्रिया गर्न देउ, पीडा नदेउ’ राधिकाले भन्न्भयो ।

    सानैमा आमा गुमाउनुभएकी छोरीहरु बुबाकै अभिभावकत्वमा हुर्किनुभएको हो । छोरा नभएकै कारण हरिप्रसादले समाजको तिरस्कार भोग्नु परेको थियो । मृत्यु पश्चात पनि काजक्रियाको विषयलाई लिएर समाजले बहस चलाएकोप्रति परिवारले दुःख व्यक्त गरेका छन् ।

    काजकिरिया गर्न सुरुमा सापकोटा परिवारका पुरोहितहरुले अनुमति दिएका थिए । तर, समाजले पुरोहितलाई पनि बहिस्कार गर्ने खालको धम्की दिएपछि पुरोहित पनि पछि हटेको र अर्का पुरोहितबाट काजकिरियाको काम थालिएको छ । अहिले पुरोहित दिपक सुवेदीले काजकिरिया गराउनुभएको छ ।

    सापकोटा दिदिबहिनीहरु किरियामा बसेको र उहाँहरुलाई सामाजिक बहिस्कारको प्रयास भएकोप्रति धेरैले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । सापकोटा दिदिबहिनीको कदमलाई समर्थन गर्दै सामाजिक सञ्जालमा सयौं पोष्टहरु शेयर भएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    Breaking News सम्बन्धि थप

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगद सहित सम्मान

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    ताजा समाचार
    १

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    २

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    ३

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    ४

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    ५

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    ६

    सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहहरूलाई नगद सहित सम्मान

    ७

    नीलकण्ठ –८ मा सञ्चालित तीन महिने निशुल्क आधारभूत कम्प्युटर तालिम सम्पन्न

    ८

    रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव फेला

    ९

    ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार, विद्यालयलाई चार लाख पुरस्कार प्रदान

    १०

    ज्वालामुखीको सुनखानी मा.वि द्वारा एसईई उत्तिर्णलाई सम्मान

    समाचार
    थप

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    धादिङमा ८० प्रतिशत धान रोपाई सकियो

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    हाम्रो नजर
    थप

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    धादिङमा निरन्तर वर्षाको सम्भावना, प्रशासनद्वारा सर्तकता अपनाउन आग्रह

    चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

    नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा डाक्टर मुरारी अधिकारी

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution