ज्वालामुखी गाउँपालिका- ६ मा रहेको सुनखानी माध्यमिक विद्यालयले २०८१ मा आयोजित माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्तिर्ण हुने विद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेको छ ।
विद्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरि ३६ जना विद्यार्थीहरुमध्ये उत्तिर्ण हुने ३३ जनालाई सम्मान गर्नुका साथै हाल कक्षा १० मा अध्ययनरत विद्यार्थीहरू तथा अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम पनि गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ज्वालामूखी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष किशोर सेढाईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अभिभावक, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थीति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर सेढाईले आगामि बर्ष सत प्रतिशत नतिजा ल्याउनको लागि अहिले देखि नै सबै पक्ष लाग्न आग्रह गर्नुभयो । विद्यार्थी, शिक्षक र अभिभावकबीचको सहकार्य र समन्वयलाई उदाहरणीय भन्दै उहाले धन्यवाद दिनुभयो ।
साथै कक्षा ११ मा भर्ना अभियानको जानकारीसमेत कार्यक्रममार्फत गराईएको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |