बेनीघाट रोराङ गाउँपलिकाको १७ औं गाउँसभाले आर्थिक वर्ष २०८२÷०८३ को नीति,कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)ले सभा सामु पेस गर्नु भएको नीति तथा कार्यक्रम सभाले पास गरेको हो । नीति तथा कार्यक्रम विभिन्न नारालाई समेटिएको छ ।
आगामी आर्थिक वर्षका लागि पास भएको नीति तथा कार्यक्रममा‘आर्थिक समृद्धिको आधारलाई लिएर बजेट निर्माण गरिने छ । नीति तथा कार्यक्रमले नगदेबाली फलफूल तथा तरकारी खेती प्रबर्धनको कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरिएको छ ।त्यसैगरी गाउँ सभामा उपाध्यक्ष टाप बहादुर श्रेष्ठले ९३ करोड ३० लाख ३१ हजारको आगामि आर्थिक वर्ष २०८२÷०८३ का लागि बजेट प्रस्तुत गर्नु भएको छ ।
पालिकाले सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध गाउँपालिका निर्माणको योजना अघि सारेको जनाएको छ। न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउने, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न यो बजेट सक्षम र समावेशी भएको उपाध्यक्ष श्रेष्ठले बताउँनुभयो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |