नीलकण्ठ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि कुल रु एक अर्ब २२ करोड ९३ लाख ५ हजारको बजेट सार्वजनिक गरेको छ। बजेटमार्फत नगरपालिका सामाजिक समावेशीकरण, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा रोजगारी सिर्जनामार्फत समृद्ध नगर निर्माणको योजना अघि सारेको छ।
नगर उपप्रमुख दीपक विश्वकर्माले बजेट सार्वजनिक गर्दै भन्नुभयो,“यो बजेट हामीले संविधानमा उल्लेखित राज्यका निर्देशन सिद्धान्त, संघीय आर्थिक नीति, प्रदेश सरकारको नीति, दिगो विकासका लक्ष्य, नगरवासीको माग, विषयगत क्षेत्रका आवश्यकता, विज्ञ तथा सरोकारवालाका सुझाव र वर्तमान परिस्थिति तथा सीमित साधन स्रोतको मूल्याङ्कनका आधारमा तयार गरेका हौं।”
बजेट विवरण अनुसार, चालु खर्चतर्फ रु ८७ करोड २७ लाख ५३ हजार र पूँजीगत खर्चतर्फ रु ३५ करोड ६५ लाख ५२ हजार विनियोजन गरिएको छ । उपप्रमुख विश्वकर्माले समाजमा न्याय र समानताको आधारमा सेवा प्रवाह गर्न, स्थानीय पूर्वाधार बलियो बनाउन, शिक्षा र स्वास्थ्य पहुँच वृद्धि गर्न, वातावरणीय सन्तुलन कायम राख्न तथा युवालाई रोजगारीको अवसर सिर्जना गर्न यो बजेटले सक्षम र समावेशी स्थानीय शासनको आधार तयार गर्ने विश्वास लिएको बताउनुभयो । बजेटसँगै नगरपालिकाले दीर्घकालीन रणनीतिक योजना, सार्वजनिक–निजी साझेदारी (एएए), डिजिटल सेवा विस्तार र सुशासन प्रवद्र्धनका कार्यक्रमहरु पनि अघि सारेको जनाएको छ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |