• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १७, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ४६२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ अषाढ ५, बिहिबार (१0 महिना अघि)

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आजदेखि देशव्यापी रुपमा ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु गरेको छ । धादिङमा आयोजित विशेष पत्रकार सम्मेलन तथा उद्घाटन कार्यक्रममा पार्टीका जिल्ला इन्चार्ज अमृत अधिकारी र ८ नं व्युरो इन्चार्ज भीम चापागाईंले अभियानको औपचारिक घोषणा गर्दै भ्रष्टाचारका विरुद्ध प्रतिरोध र जनकारबाहीको चेतावनी समेत दिनुभएको छ । कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज अमृत अधिकारीले देशमा व्याप्त संस्थागत भ्रष्टाचारको अन्त्यका लागि पार्टीले संघर्षको बाटो रोज्नुपर्ने अवस्था आएको बताउनुभयो । मन्त्रालयदेखि स्थानीय तह, अदालतदेखि प्रहरी प्रशासनसम्म भ्रष्टाचार व्याप्त छ, जनताको काम गर्न घुस नदिँदासम्म सिफारिस समेत नपाइने अवस्था रहेको उहाँले बताउनुभयो ।

    भ्रष्टाचारको जरा सरकारभित्रै रहेको आरोप लगाउँदै उहाँले सरकारमा सामेल दल मात्र होइन, प्रतिपक्षका नेताहरु समेत भ्रष्टाचारमा लिप्त रहेको बताउनुभयो । ललिता निवास, भुटानी शरणार्थी, सहकारी ठगीजस्ता काण्डहरूले यसको पुष्टि गरेको उहाँको भनाई छ ।त्यसैगरी, व्युरो इन्चार्ज भीम चापागाईंले अभियान केवल चेतना अभिवृद्धिमा सीमित नरहने स्पष्ट पार्नुभयो। “भ्रष्टाचारको विरुद्ध जनताले प्रतिरोध गर्ने बेला आएको छ। आवश्यकता परे जनकारबाहीमा समेत जान्छौं,” चापागाईंले चेतावनी दिनुभयो । पार्टीले भ्रष्टाचार विरोधी अभियानको मूल उद्देश्य देशमा व्याप्त संस्थागत भ्रष्टाचारको विरुद्ध आम जनतालाई संगठित गर्दै, वैज्ञानिक समाजवादतर्फ अग्रसर हुने लक्ष्य रहेको जनाएको छ ।

    वर्तमान संसदीय व्यवस्था भ्रष्टाचारलाई पोषण गर्ने संरचना भएकोले यस व्यवस्थाको विकल्प खोज्नु आवश्यक भइसकेको उहाँले बताउनुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यस अभियान अन्तर्गत विभिन्न जिल्ला, पालिका र वडास्तरमा जनप्रशिक्षण, भ्रष्टाचार उजुरी संकलन, जनसभा, प्रदर्शन लगायतका कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। पार्टीका नेताहरूले न्यायप्रेमी सम्पूर्ण जनसमुदायलाई भ्रष्टाचार विरोधी अभियानमा सहभागी हुन हार्दिक अपीलसमेत गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution