धादिङको नीलकण्ठ नगरपालिकाले ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ गरेको छ । युवाको सीप विकास, तालिम र रोजगारीका अवसर प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।
नीलकण्ठ वालमन्दिर माध्यामिक विद्यालयमा शनिवार भएको रोजगार मेलाको उद्घाटन समारोहको सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका नगर प्रमुख एवम् नेपाल नगरपालिका महासंघका अध्यक्ष भीमप्रसाद ढुंगानाले नीलकण्ठ नगरपालिकालाई उद्यमशिलताको हव बनाउने बताउनुभयो । ‘नीलकण्ठ नगरपालिकाले उत्पादन गरेको वस्तु नगरपालिकाले नै खरिद गर्छ ।
नीलकण्ठ नगरपालिकाको युवासँग उप–प्रमुख कार्यक्रम अन्र्तगत ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला २०८२’ आयोजना गरिएको हो । सीपलाई उद्यमशिलता, उत्पादन र श्रमसँग जोड्दै युवालाई रोजगारी दिन रोजगार मेला गरिएको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले बताउनुभयो । ‘नीलकण्ठ नगरपालिकाले गत वर्ष ६ सय ७५ जनालाई तालिम दिएका छौं । युवालाई तालिम दिएर दक्ष बनाउदै रोजगारसँग जोड्दै आएका छौं । देशमा रोजगारीको सुनिश्चितता भएन भनेर विदेशिनेको लर्को बाक्लो छ । अनि, अर्काेतर्फ रोजगारदाताले श्रमिक नपाएर अन्यत्रबाटै श्रमिक भित्र्याएका छन्’ उहाले भन्नु
‘तालिम दिएर दक्ष बनाउने मात्र नभएर श्रमिक र रोजगारदाताबीच समन्वय गराउने र बेरोजगारी न्यूनिकरण गर्न यो मेलाले सहयोग गर्नेछ ।मेलाले नगरपालिकाका बेरोजगार, स्वरोजगार खोजिरहेका, सीप सिक्न चाहने, वा व्यवसायिक यात्रामा लागेका युवायुवतीहरूलाई एउटै स्थानमा रोजगारदाता, तालिमदाता र परामर्शदातासँग जोडेको छ । जसले युवालाई रोजगारसँग जोड्न सहज भएको छ ।’
मेलामा स्थानीय उत्पादन र हस्तकलाका सामग्रीको आकर्षक प्रदर्शनी गरेका थिए । सीप सिकेर स्वरोजगारमा लागेका युवाहरूले आफैंले बनाएका सामग्रीहरू ढाकाका पछ्यौरी, टोपी, बुटिक, ढाका झोला, सजावटी सामाग्री, बासको टोकरी, अचार, हस्तनिर्मित सौन्दर्य सामग्री, बुटिक कपडा तथा विभिन्न हस्तकलाका सामाग्रीहरु प्रदर्शनी तथा विक्रिका लागि राखिएको हो ।
युवाहरूलाई भविष्यका लागि उपयुक्त तालिम कुन हो भनेर बुझ्न के सिक्न चाहनुहुन्छ? भन्ने शीर्षकमा विशेष फर्म भरिएको छ । जसमा सयौं युवाहरूले सीप, तालिम तथा रोजगारप्रति आफ्नो रुचि र आवश्यकता उल्लेख गरेका छन् । संकलित विवरण नगरपालिकाको भविष्य नीति तथा तालिम योजना निर्माणमा उपयोग गरिने बताइएको छ ।
कार्यक्रममा प्रेरणादायी अभिव्यक्तिहरुका लागि मोटिभेसनल स्पिकरहरूले युवालाई हिम्मत, आत्मविश्वास र अवसरहरूलाई उपयोग गर्ने विषयमा अनुभव बाँडेका छन् । प्यानल डिस्कसन सेसनमा युवा उद्यमशीलता, रोजगारीका सम्भावना, सीपको बजारीकरण, महिला नेतृत्व, र स्थानीय सरकारले खेल्ने भूमिका लगायत विविध विषयमा विशेषज्ञहरू, सफल उद्यमी र नीति निर्माताहरूबीच गहन छलफल समेत गरिएको छ ।
मेलामा करिब २५ वटा स्टलहरू राखिएका थिए, जसमा सरकारी, निजी तथा गैरसरकारी संघसंस्थाहरू, तालिम प्रदायक संस्था, स्थानीय उद्यमी, सहकारी संस्था, व्यवसाय परामर्शदाता, व्यवसाय दर्ता सेवाप्रदायक, बैंक तथा बीमा कम्पनी, गैरसरकारी संघसंस्था, युवा व्यवसायी समूहहरू लगायतले स्टलमा विभिन्न प्रदर्शनीका सामाग्रीहरु राखेका थिए । कार्यक्रमकै विचमा रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम पनि गरिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |