• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १७, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ४३० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • आमा बाबु खोज्दै अभिषेक स्याङ्तान धादिङबेसी आइपुगे

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ भाद्र २७, बिहिबार (१ साल अघि)

    अभिषेक स्याङ्तान नाम बताउने अन्दाजी १४ बर्षिय एक बालक आफ्नो बाबु आमा खोज्दै धादिङबेसी आइपुगे । करिब १० वर्षअघि उनी ४५ वर्षको हुँदा काठमाडौं स्वयम्भुमा रहेको एउटा गुम्बामा बाबुआमाले बौद्धसम्बन्धी पढाइ गर्न छाडेर गएका थिए ।

    आफ्नो घर धादिङ चौतारा हो भनेर उनलाई उनका आमाले बताएकी थिइन् । छाडेर गएपछि एक वर्ष जति कहिले बाबु सुनील, कहिले आमा सुनिता भेट्न आउँथे। एक वर्ष सम्म बाबु आमा दुबै सँग फोनमा कुराकानी पनि भईरहन्थ्यो ।

    तर एक वर्षपछिबाट गुम्बामा न बाबुआमा भेट्न आए न फोनमा कुराकानी नै भयो । अभिषेकलाई बाबु सुनीलको फोन नम्बर ९८४०३१७७१० र आमा सुनिताको मोबाईल नम्बर ९८६९२४२५९९ अहिले पनि कण्ठस्थ छ ।बाबुआमा गुम्बामा भेट्न आउन छाडेर फोन पनि नलाग्ने भएपछी अभिषेक गुम्बा छाडेर भागे । काठमाडौंको सडक बालक भएर हिँडेपछि उनी कहिले सडक पेटीमा त कहिले माग्दै कसैको आँगनमा गुजारा गर्दै आए । ८ वर्षअघि सडक बालक उद्धार गरेपछि नेपाल प्रहरीको बालबालिका खोजतलास केन्द्रले दोलखाको सीपीसीएस भन्ने संस्थामा पु¥यायो ।

    आमाले आफ्नो घर धादिङ चौतारा बताएको सम्झना भएकाले एक जना संरक्षकको सहयोगमा अभिषेक बुधबार धादिङबेशी आए । अनुहार अँध्यारो लगाएर परिवार खोज्दै धादिङबेँसी आएका अभिषेकले पत्रकारहरूलाई आफ्नो कथा बताउँदा भक्कानिएर रोएका थिए । निहुरिएर आँसु पुछेका अभिषेकले दोलखाबाट करिब एक वर्षपछि भागेर एउटा बस चढेर पुनः काठमाडौंमा सडक बालक बनेको कथा सुनाए ।

    केही समयपछिको सडक बालकको नारकीय जीवनपछि नेपाल प्रहरीले उद्धार गरेर उनलाई बौद्धको सुधार केन्द्रमा राख्यो । १४ महिना बसेपछि उनलाई कुक तालिम सिक्ने अवसर आयो । कुक तालिम सिकेपछि काम गर्ने अवसर पनि पाए । स्मार्ट क्याफेमा २ वर्ष कुकको काम गरे । तर, काठमाडौंमा बालबालिकालाई काममा लगाउन नपाइने भएकाले होटल साहुले नागरिकता मागे । उनीसँग जन्म दर्तासमेत नभएकाले काम छाड्न बाध्य भए । परिवारले छाडेपछि विक्षिप्त हुँदै सम्हालिँदै आएका अभिषेकले बस्ने र खाने ठाउँ फेरि पाएनन् उनी फेरि सडकमै पुगे। उनी बालक नै भएको र सडकमा भौतारिएको अवस्थामा मकवानपुर चित्लाङका राजुकाजी गमालले २ वर्षदेखि संरक्षक बनेर राख्नुभएको छ । हाल अभिषेक पढ्न रुचाउने भएका छन् । एकपटक पढेपछि दिमागमा ख्याल राख्छन् ।अभिषेकले पढ्न रुचि राखेपछि गमालले स्वच्छन्द भैरव माविमा लगे ।

    विद्यालयले पढाइका लागि जन्म दर्ता माग ग¥यो । अभिषेकको जन्म दर्ता नभएकाले हाल विद्यालयमा पढ्दै गरे पनि जन्म दर्ता ल्याएपछि मात्र भर्ना गर्न पाइने व्यवस्था छ ।अभिषेकलाई आमाले धादिङ घर बताएको धादिङ चौतारामा घरघर छिरेर सोधखोज गरियो ।

    अहिले उनी परिवारको खोजी गरेर जन्म दर्ता गर्ने र पढाइलाई अघि बढाउने पक्षमा भए पनि सो कार्य रोकिएकाले परिवार खोज्न आएका हुन् । गमाल संरक्षक बनेर जिल्ला प्रशासन कार्यालय धादिङमा परिवार खोज्ने कार्यमा सहयोग गर्न निवेदन दिएका बालक अभिषेकले ट्रक चालक बाबु, होचो कदको भएको, हातमा ट्याटु खोपेको देखिएमा खबर गरेर आफ्नो भविष्य सुनिश्चित गर्न सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन् ।

    आफूलाई भेट्न नचाहेको भए पनि जन्मदर्ता गरी आफ्नो परिचय दिएमा आफू उनी तयार भएको र संरक्षक बस्नुभएका गमालले पढाइका लागि सघाउने र धादिङ खाल्टेका पवन ढुंगानाले बस्नका लागि घर बनाउने जग्गा दिने प्रतिबद्धता जनाउनुभएको छ ।अभिषेकका लागि धादिङ चौतारा वा धादिङमा गाडी चालक सुनील स्याङ्तान, जसको हातमा ट्याटु छ उनलाई खोजी गरेर सम्पर्कमा ल्याउन अभिषेकले आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution