• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख १८, शुक्रबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ४५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • लैङ्गिक हिंसा प्रभावित राहत कोषमा भएको रकम प्रयोगमा नआएको गुनासो

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण २४, बिहिबार (१ साल अघि)

    स्थानीय सरकारले हिंसा पीडित महिलाहरुका लागि बनाएको लैङ्गिक हिंसा प्रभावित राहत कोषमा भएको रकम प्रयोगमा नआएको गुनासो गरेका छन् । सरकारले व्यवस्था गरेको राहत कोषको रकम पीडित महिला दिदिबहिनीले झन्झटिलो प्रक्रियाका कारण लिन नसकेको र चलायमान बनाउनु पर्ने बताएका हुन् ।
    धेरै पीडित महिलाहरुको राहत कोष लिने पहुँच छैन । झण्झटिलो प्रक्रिया र स्थानीय सरकारको प्राथमिकतामा नपर्दा पीडितहरु राहत कोषको रकम लिनबाट बञ्चित बन्नु परेको सरोकारवाला निकाय तथा महिला दिदिबहिनीहरु गुनासो छ । ग्रामीण मुखी युवा अभियान (रोयम) नेपाल र एआइएनको आर्थिक सहयोगमा महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको आयोजनामा सञ्चालित युवा महिलाहरुका लागि महिलावादी दृष्टिकोणबाट रुपान्तरित नेतृत्व सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रममा सहभागीहरुले यस्तो गुनासो राखेका हुन् ।
    नीलकण्ठ नगरपालिकाले स्थापना गरेको हिंसा पीडित महिला राहत कोष परिचालन नहुदा रकम डम्पिङ बनेको नीलकण्ठ नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख निर्मला केसीले बताउनुभयो । ‘कोषमा २ लाख रुपियाँ रहेको छ । तर कोषबाट पीडितले सहयोग पाएका छैनन् । कोष सक्रिय भए धेरै महिला दिदिबहिनीले सेवा लिन सक्ने थिए’ उहाँले भन्न्ुभयो ।
    महिला मानवअधिकार रक्षक संजालका पूर्व महासचिव अधिवक्ता राधिका सापकोटालेकानुनी व्यवस्थाको कार्यान्वयन पक्ष फिलतो रहेको बताउनुभयो । ‘पहिलो मुद्धा दर्ता गर्न नारा जुलुस गर्नु पर्ने अवस्था थियो । अहिले कानुन छ, तर कार्यान्वयन चित्त बुझ्ने नै छैन’ उहाँले भन्नुभयो– ‘२०६६ सालमा १ सय २ वर्षको वृद्धामाथिको बलात्कार घटना घट्यो । त्यसपछि धादिङमा हिंसापीडित महिलाहरुको लागि सुरक्षित आवास गृह र सुरक्षाको आन्दोलन सुरु भयो । ति लडाईबाट अवस्था र व्यवस्थाहरु परिवर्तन त भएका छन् । अझै पनि धेरै गर्नुपर्ने छ ।’
    एकद्वार संकट व्यवस्थापन केन्द्र, हिंसा पीडित राहत कोष, महिला बालिबालिको मुद्दा हेर्ने अदालतमा मुद्दाको अग्राधिकार र स्थानीय, प्रदेश सरकारमा हिंसा पीडित महिलाको राहत कोषहरु महिलाको पहुँचमा हुनु पर्ने महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङका अध्यक्ष गायत्री खतिवडाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्र, गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी, पत्रकार महासंघका अध्यक्ष राजाराम शर्मा महिला मानवअधिकार संरक्षणमा पीडित पक्षिय न्याय प्रणालीका लागि आवाज उठाउनु पर्ने बताउनुभयो । नागरिक समाजहरुले पनि यस्ता कुरामा पहल कदमी गर्दै सहकार्य गरि पीडितलाई न्याय दिलाउन र उनीहरुको भविष्य सुनिश्चितताका लागि पहल गरिनु पर्नेमा जोड दिए । त्यस्तै, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जिल्लामा घटेका घटना र परेका उजुरीहरुको छिटो छरितो न्याय निरुपण हुने गरेको बताउनुभयो ।
    नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले व्यवस्थासँगै अवस्था परिवर्तन हुदै आएको बताउनुभयो । ‘पहिलेको तुलनामा मानिसहरुमा चेतना वृद्धि भएको छ । न्याय खोज्न सक्ने बनेका छन्’ उहाँले भन्नुभयो– ‘पीडितलाई न्याय दिलाउन र महिला अधिकारको क्षेत्रमा नगरपालिकाले उल्लेखनिय काम गर्दै आएको छ । महिला दिदिबहिनीका हरेक समस्या तथा सवाल समाधान गर्न नगरपालिका लागि रहेको छ । आगामी दिनमा पनि अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसँग पनि सहकार्य गरि अघि बढ्ने छौं ।’

    एक दिने अभिमुखिकरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सुरेन्द्र रानाभाट, रोयम नेपालका परियोजना संयोजक हरिशरण धिताल, अधिवक्ता राधिका सापकोटा, महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङका अध्यक्ष गायत्री खतिवडाले लिङ्ग, लैङ्गिकता, लैङ्गिकताको आधारमा हुने हिंसा, कारण, प्रभाव, हानिकारक प्रथा परम्परा, घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, बलात्कार, बोक्सी आरोप, बालविवाह, बहुविवाह, सम्बन्ध विच्छेद, जिल्लामा महिला तथा बालबालिका सम्बन्धि घटनाको विश्लेषण लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution