






११ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा बयान दिँदै भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको खुलेको छ ।
जाँचबुझ आयोगको प्रतिवेदनमा लामिछानेको बयान पनि समेटिएको छ । आयोगमा बयान दिँदै लामिछानेले आफू र आफ्नो पार्टी भोलिपल्टको विध्वंसात्मक घटनामा संलग्न नभएको बताएका हुन् । कोही कतै संलग्न रहेको भेटिए कारबाही गर्ने भनी उनले आयोगमै प्रतिवद्धता जनाएका थिए ।
म भागेको होइन’
लामिछानेले भदौ २४ गते आफू नख्खु कारागारबाट नभागेको बरु कारागार प्रशासनका सुरक्षा अधिकारी र अरु कर्मचारीले सुरक्षाका कारण आफूलाई कारागार बाहिर गइदिन अनुरोध गरेको जिकिर गरेका छन् । पछि भीड नख्नुतिर आउँदै गरेको र त्यस्तो अवस्थामा सुरक्षाकर्मीहरुको आग्रहमा आफूले भीडलाई सम्झाएको उनको जिकिर छ ।
‘मैले अदालतको आदेश बिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरें । प्रहरी आत्तिएको अवस्थामा भीडले मलाई धकेल्दै बाहिर पुर्यायो’ उनले बयानमा भनेका थिए, ‘त्यसपछि म कारागार छेउको रेस्टुरेन्टको बार्दलीमा चढी भीडलाई शान्ति, संयमता अपनाउन र सार्वजनिक सम्पत्तिको संरक्षण गर्न अपिल गर्दै सम्बोधन गरेँ ।’
आफूलाई कारागार प्रशासनकै निर्देशनमा भीडको जिम्मा लगाइएको भन्दै उनले निस्कन नचाहादा नचाहदै जबर्जस्ती बाहिर पठाइएको जिकिर गरेका हुन् ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |