






काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुने तयारीसँगै उनको सपथग्रहणको शुभसाइत तय गरिएको छ। शुक्रबार मध्याह्न १२ बजेर ३४ मिनेटमा सपथग्रहण गर्ने साइत निकालिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्रोतका अनुसार उक्त साइतमै सपथ लिने तयारी गरिएको छ। यसबारे राष्ट्रपति कार्यालयलाई समेत जानकारी गराइसकिएको जनाइएको छ।
सपथग्रहण समारोहलाई भव्य तथा धार्मिक र सांस्कृतिक परम्पराअनुसार सम्पन्न गर्ने योजना बनाइएको छ। कार्यक्रमअन्तर्गत १०८ जना बटुकले स्वस्ति वाचन गर्नेछन् भने १०७ जना बौद्ध लामाहरूले मंगलवाचन गर्ने व्यवस्था मिलाइएको छ।
त्यसैगरी, ७ जना ब्राह्मणले शंखनाद गर्ने तयारी गरिएको छ, जसले समारोहलाई सनातन परम्पराअनुसार विशेष बनाउने बताइएको छ।
धार्मिक र सांस्कृतिक विधिहरूको संयोजनसहित आयोजना गरिने यो सपथग्रहण समारोहलाई विशेष रूपमा हेरिएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |