• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ चैत्र १९, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

निकोलस मादुरो फेरि अदालतमा

जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

होमपेज / स्थानीय
  • ४७५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ श्रावण ६, सोमबार (८ महिना अघि)

    गोरखाका राजा राम शाहको नामबाट धादिङको नीलकण्ठ नगरपालिकाले तल्लोबेसी डाँडामा राम शाह चौतारो निर्माण गरेको छ । प्राकृतिक सुन्दरताले भरपुर स्थानलाई पर्यटकीय गन्तव्य बनाउने र गोरखा नगरपालिकासँगको भगेनी सम्बन्धप्रगाढ राख्ने उद्देश्यसहित नगरपालिकाले पार्क निर्माण गरेको हो ।
    नीलकण्ठ नगरपालिका–७, तल्लोबेसी डाँडामा पर्ने वनदेवी मन्दिरसँगै निर्माणाधिन यो पार्क सदरमुकाम धादिङबेसीबाट नजिकको गन्तव्य बन्नेछ । चारैतिरको रहणीय वातावरणले मन आनन्दित बन्नेछ । माथीपट्टी अग्ला डाँडाहरु, तलपट्टी थोपल र किनारका खेतहरुले अझ मनमोहक छ । बालबालिका, बृद्धबृद्धा र युवा पुस्ता सबैको रोजाइमा पर्नेछ ।


    धादिङबेसी मलेखु सडकबाटै नियाल्न सकिने यो स्थान पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्न सकिने नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकास कुमार श्रेष्ठले बताउनुभयो । ‘राम शाह चौतारो अर्थात धर्म चौतारोको नामबाट निर्माण सुरु गरिएपनि यसलाई पार्कको रुपमा विकसित गरिने योजना छ’, श्रेष्ठले भन्नुभयो-‘बृद्ध, बालबालिका र युवा पुस्ता सबैका लागि मनमोहक स्थान बनाउने परिकल्पना गरिएको छ ।’

    गोरखा नगरपालिका र नीलकण्ठ नगरपालिकाबीच भगेनी सम्बन्धछ । गोरखा र नीलकण्ठले बेला बेला सिकाइ आदान प्रदान गर्दै आएको छ ।यसैक्रममा नीलकण्ठ नगरपालिकाले गोरखा नगरपालिको पहिचान झल्कीने एउटा संरचना निर्माण गर्ने र गोरखा नगरपालिकाले नीलकण्ठ नगरपालिकाको पहिचान झल्कीने एउटा संरचना निर्माण गर्ने योजना अनुरुप गोरखा नगरपालिकाको पहिचान झल्काउने रामशाह चौतारोलाई नीलकण्ठ नगरपालिकाले अनुशरण गरेको हो । २०७८ सालमा गोरखा नगरपालिकाले बारपाकमाआयोजना गरेको संयुक्त कार्यपालिका बैठकबाटभएको निर्णयलाई यस वर्ष कार्यान्वयनमा ल्याइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।


    नीलकण्ठ–८ ससाहबाट थोपलखोला पुल तरेर यो पार्कमा पुग्न सकिन्छ । सडकदेखि पार्कसम्म पुग्न करिब एक सय २० मिटररेलिङसहित सिँडी निर्माण गरिएको छ । पार्क प्रवेशद्धारमा सुन्दर गेट निर्माण गरिएको छ । पार्कमा तत्कालिन राजा राम शाहको मुर्ती राखिनेछ । मुर्तिको सुरक्षाका लागि आठ वटा भुजा भएको सुरक्षा घर निर्माण गरिएको छ । कुँदिएको ढुंगा प्रयोग गरी संरचना निर्माण गरिएको छ । पार्कभित्र भुँइमा पनि ढुंगा छापेर चिटिक्क पारिदैछ ।


    नीलकण्ठ नगरपालिकाको आन्तरिकश्रोतबाट ७० लाखमा ठेक्का खालेको भएपनि साइराम कन्ट्रक्शनले पिएस बाहेक ४७ लाख चार हजारमा निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको हो । पार्कको फिनिसिङ भने भइसकेको छैन । मुर्ति राख्ने, सिँडीमा ढुंगा छाप्ने र रंगरोगन लगायतको काम यसै वर्ष सकिनेछ । थप काम गर्नका लागि बागमती प्रदेश सरकारले यस वर्ष १० लाख विनियोजन गरेको छ ।


    तत्कालिन राजा राम शाह, शाह वंशका चौथो राजा हुन् । उनले आफ्नो गोरखा राज्यमा पहिलो पटक ढक, तराजु, माना, पाथी, मुरी, दाम, पैसाको चलन चलाए । पानी, पँधेरो, कुलो आदिको प्रयोग पालैसँग गर्ने चलन पनि उनले नै चलाएका थिए । राम शाहको न्याय प्रियताले गर्दा न्याय नपाए गोखा जानू भन्ने उक्ति अहिलेसम्म प्रचलित छ ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    स्थानीय सम्बन्धि थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ताजा समाचार
    १

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    २

    निकोलस मादुरो फेरि अदालतमा

    ३

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ४

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ५

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ६

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ७

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    ८

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    ९

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    १०

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    समाचार
    थप

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    हाम्रो नजर
    थप

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    बालेन र रविबाट कति–कति मन्त्री ?

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution