• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ पौष ३, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

होमपेज / स्थानीय
  • ३५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • चिटिक्क बन्दैछ नीलकण्ठले निर्माण गर्दै गरेको ‘राम शाह पार्क’

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ श्रावण ६, सोमबार (४ महिना अघि)

    गोरखाका राजा राम शाहको नामबाट धादिङको नीलकण्ठ नगरपालिकाले तल्लोबेसी डाँडामा राम शाह चौतारो निर्माण गरेको छ । प्राकृतिक सुन्दरताले भरपुर स्थानलाई पर्यटकीय गन्तव्य बनाउने र गोरखा नगरपालिकासँगको भगेनी सम्बन्धप्रगाढ राख्ने उद्देश्यसहित नगरपालिकाले पार्क निर्माण गरेको हो ।
    नीलकण्ठ नगरपालिका–७, तल्लोबेसी डाँडामा पर्ने वनदेवी मन्दिरसँगै निर्माणाधिन यो पार्क सदरमुकाम धादिङबेसीबाट नजिकको गन्तव्य बन्नेछ । चारैतिरको रहणीय वातावरणले मन आनन्दित बन्नेछ । माथीपट्टी अग्ला डाँडाहरु, तलपट्टी थोपल र किनारका खेतहरुले अझ मनमोहक छ । बालबालिका, बृद्धबृद्धा र युवा पुस्ता सबैको रोजाइमा पर्नेछ ।


    धादिङबेसी मलेखु सडकबाटै नियाल्न सकिने यो स्थान पर्यटकीय गन्तव्यको रुपमा विकसित गर्न सकिने नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकास कुमार श्रेष्ठले बताउनुभयो । ‘राम शाह चौतारो अर्थात धर्म चौतारोको नामबाट निर्माण सुरु गरिएपनि यसलाई पार्कको रुपमा विकसित गरिने योजना छ’, श्रेष्ठले भन्नुभयो-‘बृद्ध, बालबालिका र युवा पुस्ता सबैका लागि मनमोहक स्थान बनाउने परिकल्पना गरिएको छ ।’

    गोरखा नगरपालिका र नीलकण्ठ नगरपालिकाबीच भगेनी सम्बन्धछ । गोरखा र नीलकण्ठले बेला बेला सिकाइ आदान प्रदान गर्दै आएको छ ।यसैक्रममा नीलकण्ठ नगरपालिकाले गोरखा नगरपालिको पहिचान झल्कीने एउटा संरचना निर्माण गर्ने र गोरखा नगरपालिकाले नीलकण्ठ नगरपालिकाको पहिचान झल्कीने एउटा संरचना निर्माण गर्ने योजना अनुरुप गोरखा नगरपालिकाको पहिचान झल्काउने रामशाह चौतारोलाई नीलकण्ठ नगरपालिकाले अनुशरण गरेको हो । २०७८ सालमा गोरखा नगरपालिकाले बारपाकमाआयोजना गरेको संयुक्त कार्यपालिका बैठकबाटभएको निर्णयलाई यस वर्ष कार्यान्वयनमा ल्याइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।


    नीलकण्ठ–८ ससाहबाट थोपलखोला पुल तरेर यो पार्कमा पुग्न सकिन्छ । सडकदेखि पार्कसम्म पुग्न करिब एक सय २० मिटररेलिङसहित सिँडी निर्माण गरिएको छ । पार्क प्रवेशद्धारमा सुन्दर गेट निर्माण गरिएको छ । पार्कमा तत्कालिन राजा राम शाहको मुर्ती राखिनेछ । मुर्तिको सुरक्षाका लागि आठ वटा भुजा भएको सुरक्षा घर निर्माण गरिएको छ । कुँदिएको ढुंगा प्रयोग गरी संरचना निर्माण गरिएको छ । पार्कभित्र भुँइमा पनि ढुंगा छापेर चिटिक्क पारिदैछ ।


    नीलकण्ठ नगरपालिकाको आन्तरिकश्रोतबाट ७० लाखमा ठेक्का खालेको भएपनि साइराम कन्ट्रक्शनले पिएस बाहेक ४७ लाख चार हजारमा निर्माण सम्पन्न गर्ने जिम्मेवारी पाएको हो । पार्कको फिनिसिङ भने भइसकेको छैन । मुर्ति राख्ने, सिँडीमा ढुंगा छाप्ने र रंगरोगन लगायतको काम यसै वर्ष सकिनेछ । थप काम गर्नका लागि बागमती प्रदेश सरकारले यस वर्ष १० लाख विनियोजन गरेको छ ।


    तत्कालिन राजा राम शाह, शाह वंशका चौथो राजा हुन् । उनले आफ्नो गोरखा राज्यमा पहिलो पटक ढक, तराजु, माना, पाथी, मुरी, दाम, पैसाको चलन चलाए । पानी, पँधेरो, कुलो आदिको प्रयोग पालैसँग गर्ने चलन पनि उनले नै चलाएका थिए । राम शाहको न्याय प्रियताले गर्दा न्याय नपाए गोखा जानू भन्ने उक्ति अहिलेसम्म प्रचलित छ ।

     

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    स्थानीय सम्बन्धि थप

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    समाजबाटै बहिस्कारको धम्कीलाई बेवास्था गर्दै छोरीहरुले गरिन् दिवंगत बुबाको काजकिरिया

    ताजा समाचार
    १

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    २

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ३

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ४

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    ५

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    ६

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    ७

    विभिन्न कारागारबाट भागेका मध्ये ४७ कैदीबन्दी धादिङबाट पक्राउ

    ८

    सरकारले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्राथमिकता नदिँदा समस्या

    ९

    गुणस्तरिय शिक्षासहित शत प्रतिशत नतिजामा नीलकण्ठ नगरपालिकाको जोड

    १०

    लायन्स क्लब अफ धादिङ भैरवीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    समाचार
    थप

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    हाम्रो नजर
    थप

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    सुमना श्रेष्ठद्धारा रास्वपा परित्याग

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution