धादिङको ७ हजार २ सय ६६ जना किशोरीहरुले पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ लगाएका छन् । पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको र अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ सरकारले यही माघ २२ देखि देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्याभिलोमा भाईरस (एच.पि.भि.) खोप अभियान सञ्चालन गरिरहेको छ। सोही अनुरुप धादिङमा अभियान अन्तरगत आज तेस्रो दिनसम्ममा ७ सय २ सय ६६ जना किशोरीले खोप लगाएका हुन् ।
जिल्लामा खोप अभियान दुई चरणमा सञ्चालन भईरहेको छ । जनस्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमा माघ २२ गतेदेखी नीलकण्ठ नगरपालिका, रुवीभ्याली, खनियावास, नेत्रावती डवजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन भईरहेको छ । अभियानमा हाल नीलकण्ठका २ हजार ७ सय ६४, सिद्धलेकका ९७४, त्रिपुरासुन्दरीका ७८७, ज्वालामुखीका ८५०, गंगाजमुनाका ६७७, खनियाबासका ४९९, रुवीभ्यालीका ३६९ र नेत्रावती डवजोङका ३४४ गरी ७ हजार २ सय २६ जनाले खोप लगाएको जनस्वास्थ्य कार्यालय धादिङका खोप निरिक्षक श्याम प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यी ८ पालिकामा २६ गतेसम्म सञ्चालन हुनेछ।यस्तै दोस्रो चरणमा फागुन १ गतेदेखी ५ गतेसम्म धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालन हुनेछ ।यस अभियानबाट धादिङका १४ हजार ५सय ७३ किशोरीलाई खोप लगाईने ।
कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउने पोखरेलले बताउनुभयो ।जिल्लाका २ सय ४० विद्यालय खोप केन्द्र र ९६ स्वास्थ्य संस्थाका खोप केन्द्र गरी ३३६ खोप केन्द्र मार्फत खोप लगाउँदैछ ।अभियानमा ३३६ जना स्वाथ्यकर्मी र ६७२ स्वयंमसेविका परिचालन हुने छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |