• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २०, आईतबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • ४०१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • महिला मानवअधिकारको अवस्था विषयक धादिङबेशीमा छलफल

  • सुशिला बिश्वकर्मा

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ मंसिर १०, सोमबार (१ साल अघि)

    सहयात्री समाज नेपालले संचालन गरेको सुरक्षित आवास गृहमा बसेकामध्ये ४१ प्रतिशत हिंसा श्रीमानबाट हुने गरेको पाईएको छ ।काकाबाट, बाबुुबाट, छिमेकीबाट, परिवारका सदस्यबाट, साथीबाट र आफन्तबाट घटना भएको पाइएको छ ।

    लैंगिक हिंसा विरुद्धकको १६ दिने अभियानको अबसरमा आज जिल्लामा महिला मानवअधिकारको अवस्था विषयक छलफल कार्यक्रममा लैंगिकताको आधारमा हुने हिंसा र चुनौतिका बारेमा प्रस्तुती गर्दै सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी गराउनुभएको हो ।धादिङबेशीमा रहेको सुरक्षित आवास गृहमा बसेका ३८ जना मध्ये जबरजस्ती करणीको ११ जना रहेको उहाँले बताउनुभयो ।

    जिल्लाको एकद्वार संकट व्यवस्थापन केन्द्रमा गत वर्ष आएका १८ जना यौन हिंसा पीडित मध्ये १४ जना बालिका रहेका रहेका छन् । सुरक्षित आवास गृहमा आवास सेवा लिएका मध्ये १८ वर्ष मुनिका २३ जना, १९ देखि ४० वर्ष उमेरका १३ जना र ४१ भन्दा माथीका २ जना सबैले कठिन परिस्थीतिको सामाना गरिरहेको सापकोटाले बताउनुभयो।

    साथै महिला र बालिकाहरुले अदालतबाट पाएको क्षतिपूर्ति लिन समेत कठिन भएको पनि उहाँले बताउनुभयो। बाबुबाट यौन हिंसामा परेर सुरक्षित आवास गृहमा बसेका बालिकाहरुले अदालतले फैसला गरेको क्षतिपूर्तिको रकम लिन नागरिकता नहुने, आमा नभएकाहरु बाबु पीडक हुँदा क्षतिपूर्ति लिन नै नसक्ने अवस्था आएको सो अबसरमा जानकारी गराउनुभयो ।

    सहयात्री समाज नेपालले संचालन गरेको सुरक्षित आवास गृह संचालन गर्नका लागि चुनौतिको रुपमा रहको बताउदै ३ तहकै सरकारको प्राथामिकताको विषय बन्न नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले आत्महत्या,घरेलु हिंसा र जबरजस्ती करणीको घटना धेरै दर्ता भएको बताउनुभयो ।पछिल्लो समयमा हिंसाका घट्नाहरु बढिरहदा लैंगिक मैत्री वातावरण बनाउन सके यसको न्युनिकरणमा कमी आउने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।

    त्यसको लागि तीन तहकै सरकारले चासो दिनुपर्ने उहाँले बताउनुभयो । यसैगरी नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माले मरेतुल्य जिवन बाँचिरहेको अवस्था अन्त्यको प्रतिवद्धता गर्ने दिनको रुपमा १६ दिने अभियानलाई लिनुपर्नेमा जोड दिनुभयो ।

    साथै सुरक्षित आवास गृहसंचालन गर्नको निम्ति नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसैगरीे लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि प्रभातफेरी कार्यक्रम गरि सुभारम्भ गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution