• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख २७, आईतबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

होमपेज / समाचार
  • १०३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : २ मिनेट
  • पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाद्वारा साउन ३१ गते खुल्ला कविता प्रतियोगिता गर्ने

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ श्रावण ८, मंगलबार (१ साल अघि)

    पुष्प–चन्द्र ट्रष्ट स्याङ्जाद्वारा साउन ३१ गते खुल्ला कविता प्रतियोगिता २०८१ गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान,नेपालका प्रथम नागरिक कुलपति कविवर स्व.केदार मान ब्यथित, निष्ठाका राजनीतिज्ञ,अधिकारकर्मी एवं समाजसेवी स्व.पुष्पमान श्रेष्ठ र पुष्प–चन्द्र ट्रष्टका संस्थापक एवं समाजसेवी स्व.चन्द्रलक्ष्मी श्रेष्ठको स्मृतिमा खुल्ला कविता प्रतियोगिता संचालन गर्न लागिएको हो ।

    “भाषा,कला,संस्कृति साहित्यको उन्नयनमा हाम्रो अनुष्ठान” भन्ने मूल नाराका साथ साहित्यिक महायज्ञको रुपमा प्रथम पटक भब्य कविता महोत्सव आयोजना गरिएको ब्यहोरा ट्रष्टका अध्यक्षमहेन्द्र मान ब्यथितले जानकारी दिनुभयो ।साहित्यिक उन्नयन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सहआयोजनाको जिम्मेवारीमा पुतलीबजार प्रज्ञा प्रतिष्ठान रहेको उपकुलपति एवं साहित्यकार विश्वप्रेम अधिकारीले बताउनु भयो ।
    कविता महोत्सवमा आम साहित्य अनुरागी एवं कविताका विभिन्न विधाका स्रष्टा एवं साधकहरु प्रतियोगि रहने महोत्सवले नेपाली साहित्यमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा लिईएको छ । भने विद्यार्थी ,प्राध्यापक एवं प्राज्ञहरुको ब्यापक सहभागिता रहने कविता महोत्सवका संयोजक अनन्त कुमार श्रेष्ठले बताउनुभयो ।कार्यक्रममा प्राध्यापक, विद्यार्थी एवं शैक्षिक संस्थाहरुको समन्वय गर्ने गरी शैक्षिक संस्थाको संयोजकको रुपमा काजीमान हरिटिका माध्यमिक विद्यालय रहेको र विद्यालयका प्राचार्य ऋषिराम शर्मा समन्वय प्रमुख रहने छ ।
    कार्यक्रममा मिडिया संयोजकको रुपमा एक बहादुर गोदार (रमेश) र प्रचार संयोजकको रुपमा मोती प्रसाद मरासिनी रहनु भएको उहाँले बताउनुभयो ।प्रतियोगिताको परस्कार राशीहरुमा क्रमशः प्रथम पुरस्कार १५ हजार ५ सय ५५, द्धितीय पुरस्कार ११ हजार १ सय ११ र तृतीय पुरस्कार ७ हजार ७ सय ७७ रहेको छ।
    कविताको मूल्यांकन गर्नको लागि नेपाली साहित्यका राष्ट्रिय स्तरका विज्ञ ब्यक्तित्व, प्राज्ञ एवं प्राध्यापकहरुबाट गरिने प्रबन्ध गरिएको अनन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।प्रतियोगितामा सहभागी हुन यहि श्रावण १५ गते बेलुकी ५ बजे भित्रemail id: kabitamahotsav2081@gmail.com फण्टमा टाईप गरी प्रतियोगी स्रष्टा एवं सर्जकहरुले पठाईसक्नुपर्नेछ ।

    उहाँका अनुसार कविताको अन्तिम छनौट सूची श्रावण २० मा सार्वजनिक गरिनेछ । भने उक्त अन्तिम छनौटमा उत्कृष्ट २० कविताको छनौट हुनेछ । अन्तिम छनौटमा परेका उत्कृष्ट २० कवितालाई ३१ गते कविता महोत्सवको अन्तिम दिन कविता बाचनको लागी सहभागी गराइनेछ ।उत्कृष्ट २० साहित्यकार सर्जक एवं श्रष्टा प्रतियोगीलाई सम्मान गर्ने र छनौटमा परेका मध्येबाट प्रथम,द्धितिय र तृतिय कविता र रचनाकारलाई नगद पुरस्कार राशी र प्रमाणपत्रले सम्मान गरिने छ ।
    प्रतियोगितामा सहभागी कविता कुनै ब्यक्ति विशेष,समुदाय,जातजाती वा धर्म सम्प्रदाय र राजनीतिक दल विशेषलाई आक्षेप लगाएको हुन नहुने र हालसम्म अप्रकाशित र कुनै प्रतियोगितामा समावेश नभएको हुनुपर्ने प्रतियोगिताका शर्त र नियमहरु रहेको ट्रष्टका संस्थापक अध्यक्ष महेन्द्रमान ब्यथितले जानकारी गराउनुभयो ।
    यो साहित्यिक अनुष्ठानलाई सफल पार्न मुक्तिनाथ फाउण्डेशन, मुक्तिनाथ विकास बैंक लि., मुक्तिनाथ कृषि कम्पनी लि.,सिनर्जीटेक सफ्टवेयर कम्पनी ललितपुर , सिटी एक्सप्रेस रेमिटान्स कम्पनी,नेपाली रिडर्स क्लब जापान, सेवा नेपाल काठमाडौँ , लिजेन्ट्स इन्टरनेशनल काठमाडौँ , टोखाई बाटिका इन्टरनेशनल स्कुल जापान, सिन्धु मल्टीप्रपोज प्रा।लि। एवं सिन्धु अर्गानिक एण्ड फार्म स्टे , काला भैरब ट्रेडर्स पोखरा लगायतले सहकार्य गरेको ब्यहोरा ट्रष्टका संरक्षक योगेन्द मान श्रेष्ठले जनाउदै कवि साहित्यकार, साहित्य अनुरागी , सर्जक, श्रष्टाहरु, प्राज्ञहरु, नेपाली भाषाका मुर्धन्य गुरुहरु, प्राचार्यहरु एवं विद्यार्थीहरुलार्ई सहभागी भईदिनुहुन खुल्ला आब्हान समेत गर्नु भएको छ ।
    ट्रष्टका संरक्षक एवं सस्थापक योगेन्द्र मान श्रेष्ठका अनुसार ट्रष्टले कविता महोत्सव कार्यक्रमको अतिरिक्त “सामुदायिक विद्यालयका विद्यार्थी उत्प्रेरणा एवं शैक्षिक सामग्री सहायता” कार्यक्रम समेत सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    ताजा समाचार
    १

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    २

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    ३

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ४

    निकोलस मादुरो फेरि अदालतमा

    ५

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ६

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ७

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ८

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ९

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    १०

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    समाचार
    थप

    गल्छीमा बीमा रकम हस्तान्तरण : हिमालयन लघुवित्तले संकटमा दियो आर्थिक सहारा

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution