• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८३ बैशाख ९, बुधबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

निकोलस मादुरो फेरि अदालतमा

इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

टीओबी अध्यक्षको बयानमा के छ ?

जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

होमपेज / मुख्य समाचार
  • २२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले


  • फाईल तस्विर
    प्रकाशित मिति: २०८३ बैशाख ८, मंगलबार (१0 घण्टा अघि)

    ८ वैशाख, काठमाडौं । १५ अप्रिलमा परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमा एउटा पोष्ट गरे । इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भएको भन्दै उनले स्टाटस पोष्ट गरेका थिए ।

    ‘इरानमा पक्राउ परेका अमृत झा रिहा भएका छन् । इरानमा हाम्रो मानार्थ महावाणिज्य दूतावास र कतार दूतावास उनीसँग सम्पर्कमा छन् । हाम्रो टोलीले उहाँलाई इरानबाट बाहिर ल्याउन काम गरिरहेको छ,’ मन्त्री खनालको स्टाटस थियो ।

    मन्त्रीले स्टाटस लेखेको ७ दिन वितिसक्दा समेत अमृत झा अझै पनि इरानी हिरासतमै छन् ।

    मन्त्री खनालले स्थानीय अदालतबाट रिहाईका लागि आदेश भएको र सोही आधारमा उनी रिहा भएर इरानको केश्म आइल्याण्ड (समुन्द्री टापु) मा सुरक्षित रहेको बताएका थिए ।

    तर, अमृत झाका भिनाजु राजेश झाका अनुसार अमृतले हिजो बेलुका ५ बजेतिर फोन गरेर आफू जेलमै रहेको बताएका थिए ।

    अमृतले परिवारलाई दिएको जानकारी अनुसार उनी हाल इरानको बन्दर अब्बास जेलमा छन् । होर्मोज्गान प्रान्तमा रहेको उक्त जेललाई मानवअधिकारकर्मीहरूले धेरै प्रश्न उठाउने गरेका छन् ।

    यो जेल विशेषगरी विदेशी नागरिक, लागूऔषध मुद्दाका आरोपी, गम्भीर अपराधका कैदीहरूलाई राखिने जेलका रूपमा चिनिन्छ ।

    ‘परराष्ट्रमन्त्रीज्यूले रिहा हुनुभयो भनेर भन्नुभएपछि हामी एकदमै खुसी भएका थियौं । तर, हिजो बेलुका ५ बजेतिर फोन गरेर म त जेलमै छु, कसले रिहा गर्‍यो भनेर भनेपछि हामी त चकित पर्‍यौं,’ राजेशले अनलाइनखबरसँगको कुराकानीमा भने ।

    परराष्ट्रमन्त्रीले नै सामाजिक सञ्जालमार्फत रिहा भएको जानकारी गराएपछि खुसी भएको झाको परिवार यतिबेला उल्टो थप तनावमा देखिएको छ । यसअघि फोन गर्दा हाँसेर कुरा गर्ने गरेको तर, हिजो फोन गर्दा भने अमृत निरास देखिएका थिए ।

    अमृतले अदालतबाट पत्र पाएको र मुद्दाको अनुसन्धान जारी रहेकाले जेलमै राख्ने जानकारी गराएको परिवारलाई बताएका थिए । जसले गर्दा परिवार थप तनावमा परेको हो ।

    परराष्ट्र मन्त्रालयले भने सूचना प्रवाहका क्रममा मिसकम्युनिकेशन भएको दाबी गरेको छ । परराष्ट्रमन्त्रीले के कसरी त्यस्तो खालको सूचना प्रवाह गरे भन्ने विषयमा मन्त्रालयका अधिकारीहरू भने अनविज्ञ देखिएका छन् ।

    परराष्ट्रका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले त्यहाँको स्थानीय अदालतबाट रिहाइको आदेश भएको र रिहाको प्रकृयामै रहेको प्रष्टीकरण दिए । ‘अदालतको आदेशपछि रिहाइको प्रकृया अघि बढेको छ । मन्त्रालयले कतारस्थित नेपाली राजदूतावासमार्फत रिहाइको प्रकृया अघि बढाइरहेको छ,’ प्रवक्ता पौडेलले भने ।

    वर्तमान सरकार आउनुअघि नै अमृत झासहित ७ जना सवार पानी जहाजले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै इरानको हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुल्युसनरी गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटबाट नियन्त्रणमा लिएको थियो ।

    पानी जहाजसहित ७ जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्धा दायर गरिएको थियो । अदालतको आदेशपछि जहाजमा रहेका ७ जनामध्ये ४ जना रिहा भएका छन् भने अमृतसहित ३ जना रिहा हुन बाँकी नै छन् । उनीहरूको समेत रिहाईको प्रकृया अघि बढिरहेको परराष्ट्रले जनाएको हो ।

    सन् २०२४ को जुलाईमा वैदेशिक रोजगारीका लागि यूएई गएका अमृत ‘अल लुलु मरिन सर्भिसेस् एलएलसी’ को पानी जहाजमा ‘सीम्यान’ को रूपमा काम गर्दै आएका थिए ।

    इजरायल–अमेरिका र इरानबीचको युद्ध सुरु हुनु अगाडि नै उक्त जहाज इरान गएको थियो । इरानबाट फर्किने क्रममा पानी जहाजले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको जनाएको थियो ।

    इरानी सुरक्षाकर्मीको नियन्त्रणमा रहेको केही दिनपछि मात्रै अमृतले घर परिवारलाई जानकारी गराएका थिए । ह्वाट्सएपमार्फत अडियो म्यासेज पठाउँदै आफुलाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएको र रिहाका लागि सरकारसँग पहल गरिदिन अनुरोध गरेका थिए ।

    त्यसपछि उनकी दिदी पुजा झाले कन्सुलर सेवा विभागमा उद्धारका लागि निवेदन दिएकी थिइन । त्यसपछि मात्रै परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागमार्फत आवश्यक पहल अघि बढाएको थियो ।

    युद्धका कारण इरानमा रहेका नेपाली अवैतनिक दूत समेत टर्की गएर बसेका छन् । त्यससँगै कतारमा रहेको नेपाली राजदूतावासमार्फत रिहाइको पहल गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    मुख्य समाचार सम्बन्धि थप

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    निकोलस मादुरो फेरि अदालतमा

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ताजा समाचार
    १

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    २

    बालेन प्रधानमन्त्रीमा नियुक्त

    ३

    निकोलस मादुरो फेरि अदालतमा

    ४

    सुकुम्बासीको नाममा हुकुमबासीले ओगटेको महादेव खोला करिडोरमा चल्यो डोजर

    ५

    जेनजी आन्दोलन : यस्तो छ जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

    ६

    रवि लामिछानेको बयान : म र मेरो पार्टी भदौ २४ को घटनामा संलग्न छैन

    ७

    टीओबी अध्यक्षको बयानमा के छ ?

    ८

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    ९

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    १०

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    समाचार
    थप

    इनिशा विक प्रकरण: एक मुख्य आरोपीसहित तीन सहयोगी पहिचान, अनुसन्धान टुंगियो

    सेनाका जर्नेल,कर्णेलमाथि कार्वाही सिफारिस

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    हाम्रो नजर
    थप

    अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

    टीओबी अध्यक्षको बयानमा के छ ?

    कार्की आयोगलाई बालेनले भने– र्‍यालीमा मेरो समर्थन थियो, तर आन्दोलनमा थिएन

    प्रधानमन्त्री नियुक्तिको तयारीमा बालेन शाह, सपथग्रहणको शुभसाइत तय

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution