ज्वालामुखी गाउँपालिकाले ५८ जना कृषकहरुलाई मिनि टिलर वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र सम्बन्धित कृषकहरूको ५० प्रतिशत लगानीमा आईतबार मिनि टिलर वितरण गरिएको हो ।
कृषि क्षेत्रको विकास नभएसम्म पालिकाको विकास नहुने बताउदै यसको यान्रीकरण र बजारकरणको लागि पालिकाले निरन्तर रूपमा काम गरिरहेको अध्यक्ष यमनाथ दनैले बताउनुभयो । यदि मिनि टिलर विग्रीएमा पालिकाले मर्मत गर्ने तालिम संन्चालन गर्ने बताउदै सहि उपयोग गर्न आग्रह गर्नुभयो ।
यस्तै आज नै वडा नम्बर ५ का कृषकहरुलाई ७ हजार २ सय ५० बोट सुन्तला साथै किसानहरुलाई मल तथा कृषि औजार वितरण कार्यक्रम वितरण गरिएके छ ।
भने धान दिवसको अवसर पारेर वडा नम्बर ७ स्थित जलकिनी फाँटमा धान रोपाई सहित दहि चिउरा खाएर धान दिवस मनाईएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |