त्रिपुरासुन्दरी गाउँपालिकाले आईतबार देखी भदौ मसान्तसम्मका लागि नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द गरेको छ ।गाउँपालिका भित्रका सम्पूर्ण नदी, खोला तथा नालाबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, वालुवा) को उत्खनन तथा संकलन कार्य पूर्णरूपमा रोक लगाएको छ ।
गाउँपालिकाको अनुसार, “ढुङ्गा, गिट्टी, वालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (पहिलो संशोधन २०७९” को दफा ४(१६ बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म (ढुङ्गा, गिट्टी, वालुवा) को उत्खनन गर्न नपाइने प्रावधान रहेकोले सोही अनुसार यो निर्णय गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीद्वारा हस्ताक्षरित सूचनामा यस अवधिभर नदीजन्य पदार्थको उत्खनन तथा संकलन कार्य नगर्न र नगराउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ।
साथै, नियम विपरीत कार्य गरेमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ । स्थानीय तहमा वातावरणीय सन्तुलन कायम राख्न तथा अनियन्त्रित दोहनलाई रोक्न गाउँपालिकाले यस्तो निर्णय लिएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |