माघ २८, काठमाडौं । स्वतन्त्र पत्रकर सघ नेपाल काठमाडौं जिल्ला अध्यक्ष तथा उपत्यका सयोजक पुष्कर राज पाण्डे द्वारा उपत्यका भेलाको आव्हावन गरेका छन्। उपत्यकामा रहेको तिन जिल्लाका अध्यक्ष हरु सगको छलफल बाट उक्त भेला गर्न लागिएको हो ।
स्वतन्त्र पत्रकर सघ नेपालको आउदै गरेको १३ औ साधारण सभा तथा ७ औ महाधिवेशन लाई लक्षित गरि उपत्यका भेला गर्न लागेको र लामो समय देखि सघको उपत्यका भेला पनि गर्न नसकिएकोले सघको काम काजलाई तदारुकका साथ आगामि दिनमा अगाडी बढाउने लक्षका साथ उक्त भेला गर्न लागेको पाण्डेले बताए ।
साथै २०८० चैत्र मसान्त सम्म सबै जिल्लाहरुको पनि अधिबेशन गरिसक्नु पर्ने र नया र सक्षम ब्यक्तिलाई अगाडी सारिनु पर्ने, सघको केन्द्रीय महाधिवेशनले सघलाई नेतृत्व लिन सक्ने र पत्रकराहरुको हक हितको लागि काम गर्न सक्ने ब्यक्ति लाई अगाडि सारिनु पर्ने भयेकाले केन्द्रको राजधानि काठमाडौं जिल्लाको अध्यक्ष र उपत्यका सम्योजक को नाताले उक्त भेला आह्वान गरेको पाण्डेले बताए ।
पाण्डेले लगातार दुई पटक सम्म काठमाडौं को नेतृत्व समालिसकेको एक कुशल, सरल , नेतृत्व लाई सम्हाल्न सक्ने, आफ्नो काम प्रति अडिग शालिन ब्यक्तित्वको रुपमा परिचित छन । उनको नेतृत्वमा पत्रकारको हक हितको लागि धेरै काम गरेका छन । साथै कोभिडको समयमा श्रमजिवि पत्रकारहरुको सहजकताको लागि स्वास्थ्य सामग्री र खाधान्य बितरण को शुरुवातनै गर्ने काठमाडौं जिल्ला थियो त्यस समय उक्त काम पाण्डेको नेतृत्व मा समेत भएको थियो ।
उपत्यका भेला फागुनको दोर्सो साता गर्ने त्यसको लागि फागुनको २ गते काठमाडौं जिल्लाको मिटिङ ले उपत्यकाको ३ जिल्ला मध्ये कुन जिल्लामा गर्ने तय हुने छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |