
धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ३ स्थित मैदीकोटमा रहेको खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन हुनुभएको छ। शनिबार सम्पन्न क्लबको प्रथम अधिवेशन तथा साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो।
अधिवेशनले सुमन श्रेष्ठलाई उपाध्यक्ष, सन्देश श्रेष्ठलाई कोषाध्यक्ष र मिरा श्रेष्ठलाई सचिव चयन गरेको छ। यसैगरी ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको क्लबले जनाएको छ।
नव–निर्वाचित अध्यक्ष उज्वल श्रेष्ठले क्लबलाई अझ सक्रिय, व्यवस्थित र युवामैत्री बनाउँदै सामाजिक, सांस्कृतिक तथा रचनात्मक गतिविधिमा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो,
“युवाहरूलाई एकताबद्ध गर्दै समाज परिवर्तनमा सक्रिय भूमिका खेल्ने हाम्रो मुख्य उद्देश्य हो। सबै सदस्यको सहकार्यमा क्लबलाई नमुना संस्थाका रूपमा अगाडि बढाउनेछौं।”

अधिवेशनमा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा क्लबको भावी योजना, युवाको भूमिकालगायत विषयमा समेत छलफल गरिएको थियो।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |