
खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते शनिबार हुने भएको छ । ज्वालामुखी गाउँपालिका वडा नं ३ स्थित मैदीकोटमा यहि १७ गते शनिबार साधारण सभा तथा अधिवेशन हुनेभएको हो ।
सोही क्रममा क्लबको प्रगति तथा आय–व्यय विवरण प्रस्तुत, क्लबको विधान सम्बन्धी छलफल तथा अनुमोदन, नयाँ कार्यसमिति चयन र आगामी कार्ययोजना तथा कार्यक्रम निर्धारण जस्ता महत्वपूर्ण विषयमा छलफल तथा निर्णय गरिने क्लबले जनाएको छ । साथै साधारण सभा एवं अधिवेशनमा अनिवार्य उपस्थितिका लागि सम्पूर्ण सदस्यहरुमा क्लबले अनुरोध समेत गरेको छ ।
खड्गदेवी युवा क्लबले लामो समयदेखि विविध सामाजिक तथा साँस्कृतिक कार्यक्रम गरेर ऐतिहासिक स्थल मैदीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।]


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |