रसुवागढीमा आएको बाढीले बगाएकाहरु मध्ये धादिङमा ३ जनाको शव भेटिएको छ । तीन जनाको शवसँगै दुई वटा खुट्टा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । प्रहरी नायव उपरीक्षक हमालका अनुसार गल्छी गाउँपालिका–२ केउरेनीटारस्थित खोला किनारमा एक जना पुरूषको शव, गजुरी गाउँपालिका–६ बेल्खुमा पुरुष एक जनाको शव र बेनिघाट रोराङ गाउँपालिका–७ चरौदीमा एक जनाको पुरुषकोशव गरि तीन जनाको शव फेला परेको छ ।
गजुरी गाउँपालिका–२ मलेखुमा दाहिने खुट्टा र बेनिघाट रोराङ गाउँपालिका–३ लामबगरमा त्रिशूली नदी किनारमा एउटा दाहिने खुट्टा फेला परेको हो । पोष्टमार्टम गर्न टिचिङ पठाइएको छ । खोजी कार्य भइ रहेको छ । यसैगरी बेनिघाटको चरौंदी नजिकै त्रिशूली नदी किनारमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको हमालले जानकारी बताउनुभयो । बेनिघाट रोराङ गाउँपालिका–७ की ८० वर्षिय राममायाँ चेपाङको चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गर्दै गर्दा बाढीले जलिरहेको चिता बगाएको हो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |