• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ चैत्र १०, मंगलबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर
होमपेज / समाचार
  • ३९५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • नीलकण्ठ नगरपालिकाको आगामी आ.व.२०८२र०८३ का लागि शिक्षा,स्वास्थ्य र रोजगारी प्राथमिकतामा


  • फाईल तस्विर
    प्रकाशित मिति: २०८२ अषाढ ६, शुक्रबार (९ महिना अघि)

    नीलकण्ठ नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पर्यटनलगायत जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरप्रमुख भीमप्रसाद ढुंगानाले नगरसभाको १७औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस वर्षको योजना केवल कागजी दस्तावेज नभई नगरको समृद्धिको स्पष्ट खाका भएको उल्लेख गर्नुभयो। उहाँले नगरको श्रोत, आवश्यकता र जनभावनालाई आत्मसात गर्दै शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा आधारित विकासलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

    प्रस्तुत नीति तथा कार्यक्रममा नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘एक वडा, एक उत्पादन’, व्यवसायिक कृषि तथा पशुपालन, घरेलु तथा लघु उद्योग प्रवद्र्धन, कालोपत्रे सडक सञ्जाल, सबै घरमा खानेपानी, गुणस्तरीय निःशुल्क स्वास्थ्य सेवा, नमूना श्रोत विद्यालयको प्रवद्र्धन र युवा स्वरोजगार जस्ता कार्यक्रम समावेश छन्।शिक्षामा गुणस्तरीयता बढाउन नमूना विद्यालय, शिक्षक मूल्यांकन, पोषण सामग्री वितरण, छात्रवृत्ति, प्राविधिक शिक्षाको विस्तार तथा उच्च शिक्षाका लागि अनुसन्धानवृत्तिको व्यवस्था गरिने उल्लेख छ। स्वास्थ्य क्षेत्रमा भने सबै वडामा स्वास्थ्य संस्था, ९८ प्रकारका निःशुल्क औषधी, मोबाइल स्वास्थ्य सेवा, टोल टोलमा स्वास्थ्य परीक्षण, टेलिमेडिसिन, योग तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।कृषिमा माटो परीक्षण, उपयुक्त बालीको सिफारिस, अनुदान र बजारीकरणमा जोड दिइनेछ।

    मोबाइल भेटेनरी सेवा, व्यवसायिक पशुपालन र घरेलु उत्पादनको प्रवद्र्धन गरिनेछ। उद्यमशीलताको प्रवद्र्धनका लागि स्टार्टअप व्यवसायमा बिउ पुँजी, सहुलियत कर्जा, युवा तालिम तथा रोजगारी मेला, वैदेशिक रोजगारबाट फर्किएकालाई व्यवसाय स्थापना सहयोगजस्ता कार्यक्रम अघि सारिएको छ।नगरका सबै वडामा कालोपत्रे सडक, खानेपानी योजना, फोहोर व्यवस्थापन, खुला व्यायामशाला, नमूना बस्ती विकास र भू–उपयोग नीति लागू गरिनेछ। पर्यटन प्रवद्र्धनका लागि होमस्टे, धार्मिक तथा प्राकृतिक गन्तव्यको विकास, स्थानीय संस्कृति संरक्षण, खेल क्षेत्रको पूर्वाधार निर्माण, कला–साहित्य प्रवद्र्धन लगायत कार्यक्रम समावेश छन्।

    महिला, बालबालिका, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, दलित, आदिवासी, सीमान्तकृत समुदायलाई लक्षित गर्दै विशेष कार्यक्रम सञ्चालन गरिनेछ। शान्ति सुरक्षा, जनउत्तरदायी प्रशासन, पारदर्शिता, सूचना–सञ्चार प्रणाली सुधार, विपद् व्यवस्थापन, गुनासो सुन्ने र जवाफ दिने संयन्त्रलाई समेत प्रभावकारी बनाउने उल्लेख छ।नगरप्रमुख ढुंगानाले नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्पष्ट योजना, जिम्मेवारी र समयरेखा तय गरिएको जानकारी दिनुभयो। हाम्रो काम कागजमा मात्र होइन, व्यवहारमा देखिनेछ। नगरवासीको सहभागिता र विश्वासकै आधारमा हामी शिक्षित, सशक्त र समुन्नत नीलकण्ठ निर्माण गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    समाचार सम्बन्धि थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ताजा समाचार
    १

    स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू बीच हुने द्वन्द्व तथा तनाव व्यवस्थापन

    २

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    ३

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ४

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    ५

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    ६

    युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको अध्यक्षमा सन्दिप रिजाल निर्वाचित

    ७

    नीलकण्ठ नगरपालिकाको गलत प्रचारप्रति ध्यानाकर्षण, भ्रम नफैलाउन आग्रह

    ८

    कन्यादेवी आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण

    ९

    धादिङको ज्वालामुखी गाउँपालिकामा ‘म्याक्स स्वस्थ पालिका कार्यक्रम’ शुभारम्भ

    १०

    दशैं कप फुटसल प्रतियोगिता–२०२५ को उपाधी हिमालयन रेन्जर्सलाई

    समाचार
    थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    हाम्रो नजर
    थप

    खड्गदेवी युवा क्लबको अध्यक्षमा उज्वल श्रेष्ठ चयन

    खड्गदेवी युवा क्लबको साधारण सभा तथा अधिवेशन १७ गते हुने

    ज्वालामुखीको मैदीकोटमा माघ १ गते सातौं खड्गदेवी साँस्कृतिक महोत्सव हुने

    पौष १५ गते धादिङबेसीमा तमू ल्होसार भव्य रुपमा मनाईदैं

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution