धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ र १३ मा रहेका दुई वटा धार्मिक बनलाई डिभिजन बन कार्यालय धादिङले समुदायलाई हस्तान्तरण गरेको छ ।नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ससाहमा रहेको शिवालय धार्मिक बन समूहलाई डिभिजन बन कार्यालय प्रमुख विष्णु प्रसाद आचार्यले कार्ययोजना हस्तान्तरण गर्दै अब धार्मिक बन क्षेत्रलाई अझ राम्रो पारेर धार्मिक रुपमा बन संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।
शिवालय धार्मिक बन समूहका अध्यक्ष केशव प्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्ययोजना हस्तान्तरण समारोहमा डिभिजन बन कार्यालय धादिङका प्रमुख आचार्यले धार्मिक पर्यटकीय क्षेत्र बनाउन समेत सकिने कार्ययोजनामा रहेकोले समूदायले व्यवस्थापन र प्रयोग गरि शिवलय मन्दिर समेत संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, स्थानीइ सामाजिक अगुवा रामप्रसाद अधिकारीले धार्मिक बनको नाममा संरक्षण गर्दा मानव जातिका लागि विकासमा टुवा पुग्नेगरि गर्न समेत आग्रह गर्नुभयो ।
ससाह क्षेत्रको शिवालय मन्दिर क्षेत्रको करिब ४ रोपनी जग्गा क्षेत्रलाई ओगटेर धार्मिक बन सामुदायलाई हस्तान्तरण भएपछि डिभिजन बन कार्यालयको सहयोगमा चौतारो, पार्क, विरुवा संरक्षण, घुम्न र आनन्द लिन आउने स्थान बनाएर प्रवद्र्धन समेत गरिने धार्मिक बन समह उपभोक्ता समितिका शंकर श्रेष्ठले जानकारी दिनुभएको छ । यसैगरि नीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित कोटडाँडा, भँगेरी, कन्यादेवि, महारुद्र धार्मिक बनलाई बन समूहलाई कार्ययोजना हस्तान्तरण गरिएको छ । डिभिजन बन प्रमुख आचार्यले छतिवनको विरुवा रोपेर कार्ययोजना हस्तान्तरण गर्दै समूदायले संरक्षण गरेर मात्र बनहरुको भविश्य सुन्दर हुने बताउनुभएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |