धादिङमा ‘महिला नै पहिला’ महिलावादी अनुपम अभियान सुरु भएको छ । आज गणतन्त्र दिवसको अवसर पारेर रुपान्तरणको लागि महिलावादी नेतृत्व र आगामी निर्वाचनमा महिलाको नेतृत्व पहुँच कसरी स्थापित गर्ने भन्ने बिषयमा छलफल गरि अभियान सुरु गरिएको हो । कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका पूर्व उपाध्यक्ष एवं कांग्रेस नेतृ देवी वुर्लाकोटीले अर्थपूर्ण सहभागिता र निर्णायक तहमा महिलाहरुलाई पुग्न नदिने परिपार्टीलाई चिर्नुपर्ने बताउनुभयो । ३३ प्रतिशत महिला समावेशिता भनेपनि नेताका नातेदार महिलाहरुले मात्रै अवसर पाउने गरेको बताउनुभयो ।
साथै सफल र सक्षम हुन हृदय देखि ईच्छाशक्ति हुनुपर्ने बताउदै आफु जनप्रनिधी हुँदा बजेट निर्माणका क्रममा समावेश नगर्ने, महिलाको क्षेत्रमा उठाएको विषयहरु कार्यान्वयनमा ढिला सुस्ति गर्ने, अध्यक्षलाई लेखेर दिएका योजनाहरु च्यातेर फाल्ने गरेको गुनासो सुनाउनुभयो । यसैगरी ज्वालामुखी गाउँपालिकाका पूर्व उपाध्यक्ष एवं नेकपा एमाले नेतृ जानुका सिंखडाले महिलाहरुमा धैर्यता नभएकै कारण राजनितिमा पछि पर्ने गरेको बताउनुभयो । २०८४ को चुनावमा यदि महिलाहरुलाई नेतृत्व तहमा जिताउने हो भने निस्वार्थ रुपमा धादिङमा निति बनाउन आवश्यक रहेको बताउनुभयो ।
यस्तै नेकपा माओवादीका नेतृ दिपा कडेंलले आगामी चुनावमा दुई चार वटा वडामा महिलाहरुलाई वडा अध्यक्षमा उठाउनुपर्नेमा जोड दिनुभयो । १३ वटै स्थानीय तहका महिलाहरु सहभागि कार्यक्रममा विभिन्न राजनितिक दलका नेतृ तथा जनप्रतिनिधीहरुले आफ्नो जिवन संघर्ष बारेमा सहभागिहरुलाई जानकारी गराएका थिए । भने महिलावादी अनुपम अभियानमा फर्म भरेर सबै महिलाहरु आवद्ध भएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |