• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • हाम्रो नजर
  • खेलकुद
  • सुचना प्रविधि
  • बिचार
  • कला/मनोरंजन
  • हिन्दी
  • English
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ अषाढ ५, बिहिबार

  • समाचार
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी
  • English
in
लोकप्रिय खबर

समिभन्ज्याङ माविमा बाल क्लब निर्वाचन,अध्यक्षमा अन्जना बराही विजयी

सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

थाक्रेको सोप्याङ खोलाको पुलमा भ्वाङ परेपछि पृथ्वी राजमार्ग बन्द

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको साधारणसभा सम्पन्न

धादिङमा महिलावादी अनुपम अभियान सुरु

होमपेज / बिचार
  • ३७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • तीजका गीत : कस्तो मनोविज्ञानले काम गरिरहेको छ ?

  • हाम्रो नजर

  • फाईल तस्विर
    प्रकाशित मिति: २०८१ भाद्र ५, बुधबार (१0 महिना अघि)

    कुनै बेला थियो महिलाहरू तीजमा गीतमार्फत आफ्ना भावनाहरू पोख्थे । ती भावना, दुःखका, सुखका, खुशीका, वेदनाका जे पनि हुन्थ्यो । महिलाको संसार सानो थियो, आफ्नै घर–परिवारमा सीमित रहेका बेला आफ्नै पति, सासु ससुरा, नन्द भाउजु, देवरानी, जेठानी, बाबुआमा, दाजुभाइ या भनौँ आफ्नै परिवारका सदस्यवरिपरि घुम्थे शब्दहरू । ती शब्द केही आशाका, केही निराशाका, केही बुहार्तनका हुन्थे । मान्छेले जीवनमा जे भोगिरहेको छ, प्रायः त्यही कुरा नै ब्यक्त हुने हो । लेखपढ गर्न नपाए पनि महिलाहरू सिर्जनशील थिए, मन छुने शब्दहरू सिर्जना गर्थे । आफै गीत रच्थे, आफै गाउँथे, गीतमार्फत आफूमाथि आइपरेका घटनाहरू, मनमा भएका रहरहरू ब्यक्त गर्थे । महिलाको अभिब्यक्ति स्वतन्त्रताको इतिहास बोकेको चाडका रूपमा पनि हामी तीजलाई लिन सक्छौँ ।

    सयम अघि बढ्दै जाँदा हाम्रा चाडबाडहरू फरक हुँदै गए । अन्य कतिपय चाडबाड जस्तै तीज पनि परिमार्जित भयो । महिलाको संसार फराकिलो हुँदै जाँदा तीज पनि फराकिलो हुँदै गयो । बिस्तारै बिस्तारै तीजमा महिलाहरू प्रजातन्त्रका कुरा गर्न थाले, मुक्तिका कुरा गर्न थाले । मुक्तिको अर्थ स्वतन्त्रता‘ महिला आन्दोलनको एउटा धारले तीजलाई महिला जगाउने पर्वको रूपमा पनि लिन थाल्यो । म सम्झन्छु– माओवादी भूमिगत हुनुअघि पम्फा भुसाल, हिसिला यमीहरू तीजका दिन पशुपतिमा क्रान्तिका गीत गाउनुहुन्थ्यो । तत्कालीन बडामहारानी ऐश्वर्यले पशुपति दर्शन गर्ने बेलामा उहाँहरूले नारा लगाउँदा प्रहरीले धरपकड गर्थ्यो । एउटा अर्कै युगको कुरा जस्तो लाग्छ अहिले सम्झिँदा । तीजका गीतले सदियौँदेखि समानताको वकालत गरे । खुशी, विरह, दुःख जे–जे पोखेपनि त्यहाँ महिला मुक्तिको कुरा हुन्थ्यो । मुक्तिको अर्थ स्वतन्त्रता, महिलाको आफ्नै स्वतन्त्र अस्तित्व आवाज !

    संस्कृतिमा विकृति बढ्दै जाँदा मानिसहरूलाई संस्कृतिप्रति नै वितृष्णा जाग्न सक्छ । यस्ता गीतहरूले संस्कृतिमाथि प्रत्यक्ष प्रहार गरिरहेका छन् । यस्ता गीत निर्माणको मनोविज्ञान केवल पैसा कमाउनुमात्र नभइ नेपालको संस्कृतिलाई विकृत बनाउनु पनि हो ।

    यस्तो इतिहास बोकेको तीजका कतिपय गीत समयक्रममा अहिले हेर्न र सुन्न अप्ठ्यारो लाग्ने हुन थाले । स्वतन्त्रताको सपना बोकेको तीजको गीतको इतिहासलाई अर्धनग्न शरीर उफारेर स्वच्छन्दतामा परिणत गर्ने कोशिस गरिँदैछ । जुन सपना हाम्रा पुर्खाहरूले देखेका थिएनन् । महिलाले पाएको अहिलेको स्वतन्त्रता त्यसै आएको होइन, यसका पछाडि हाम्रा तमाम आमा, हजुरआमा, जिजुआमाहरूको त्याग र विद्रोह साक्षी छ । महिलालाई केवल शरीरसँग मात्र तुलना गरेर हेर्ने, पुरुषको दासीका रूपमा मात्र हेरिने समयमा तीजका गीतमार्फत महिलालाई मानवको रूपमा समान हैसियतको सपना हाम्रा पुर्खाले देखेका थिए । हामीभन्दा अघिल्लो पुस्ताबाट त्यसलाई साकार बनाउन धेरै प्रयास भयो । उहाँहरूले खनेको समानताको सपना साकार पार्ने बाटोलाई हाम्रो पुस्ताले पिच बनाउने कोशिस गरिरहेको छ । हामीपछिको पुस्ताले उक्त सपनालाई लक्ष्यसम्म पुरÞ्याउँछ भन्ने अपेक्षा छ । त्यो लक्ष्य हरेक क्षेत्रमा समान सहभागिता र हैसियतको हो, महिलाको आत्मसम्मानको हो ।

    आम महिलाको आत्मसम्मानमै चोट पुग्ने गरी तीजगीतका शब्दहरू छाएको देख्दा धेरै तल झरेको महसूस हुन्छ । ‘बालेन पाए पोइल जान्थेँ’ भन्ने शब्दले के सन्देश दिन्छ ? के महिलाको जिन्दगीको अन्तिम लक्ष्य लरक्क परेको हेण्डसम केटासँग विवाह गर्नु मात्र हो ? कसैको नामै लिएर ‘पोइल जान्थेँ’ भन्न मिल्ने हो कि होइन‘ ?? यदि कुनै पुरुषले कुनै महिला मेयर या उपमेयरको नामै लिएर ‘म उनलाई ल्याउँथें’ भनेर गीत रचना गरेको र, त्यसैगरी शारीरिक हाउभाउ गरेको भए हामी के भन्थ्यौं होला ? यदि मेयर बालेनले गरेको काम मन परेको भए उनीजस्तै पदमा पुगेर म पनि काम गर्न चाहन्छु भन्ने आशयका गीत लेख्न र गाउन सकिन्थ्यो । यो एउटा उदाहरण मात्रै हो, तीज गीतका नाममा सुन्न र हेर्न अप्ठ्यारो लाग्ने शब्द र दृष्यहरू देखाउन थालिएको छ । यो कस्तो मनोविज्ञान हो ? दुःखलाग्दो कुरा त के हो भने यस्ता गीत गाउने नयाँ पुस्ताले स्वतन्त्रताको अर्थ स्वच्छन्दता भनेर बुझ्यो । र, जे गरे पनि हुन्छ भन्ने ठान्यो, ठानिरहेको छ, जुन सही होइन ।

    तीज संस्कृति र परम्परालाई अगाडि बढाउने चाड हो । यस्ता गीत बनाउनेहरूले तीज र साँझका डिस्को या डान्स बारबीचको दूरीलाई छुट्याएर हेर्न सक्नुपर्छ । तीज शारीरिक होइन भावनात्मक, सामाजिक, पारिवारिक, मानसिक, मनोवैज्ञानिक चाड हो । तीजका नाममा अहिले जतिपनि उच्छृङ्खल गीतहरू बनिरहेका छन्, तिनलाई नजिकबाट अनुगमन गर्ने हो भने महिलाहरू केवल प्रयोग भएका छन् । गीत लेख्ने अर्कै छ, निर्माण गर्ने अर्कै छ, नाच्नका लागि र स्वरमा महिला प्रयोग गरिएका छन् । संस्कृतिलाई ब्यापार बनाउनेहरूको सङ्ख्या बढिरहेको छ, जहाँ महिलालाई केवल बस्तुको रूपमा प्रयोग गरिएको छ । यस्ता गीतले परिवार, समाजलाई के सन्देश दिइरहेका छन् ? यस्ता गीतबाट नयाँ पुस्ताले के सिक्छ ?

    हिजो हाम्रा हजुरआमाहरूले गीतमार्फत उठाएका कतिपय ‘एजेण्डा’ अहिले पनि त्यत्तिकै सान्दर्भिक छन् । तीजमा बोल्नुपर्ने कुरा धेरै छन्, गाउनुपर्ने गीत पनि त्यत्तिकै छन् । हिजो आमाहरू पति–पत्नीका सम्बन्धमा भएका तिक्तताहरू गीतमा पोख्नुहुन्थ्यो, अहिले अदालतमा सबैभन्दा बढी पति–पत्नीका सम्बन्धहरू पुगेका छन्, जुन सम्बन्ध जोखिमपूर्ण भएका कारणले पुगेका हुन् ।

    महिलाको शरीरको बारेमा वर्षौंदेखि चर्चा भयो अब महिलाको बुद्धिको चर्चा हुनुपर्छ, महिलाले समाजमा, देशमा विचार स्थापित गर्नुपर्छ भनेर वर्षौंदेखि आवाज उठाइरहेकाहरूका लागि महिलाशरीरलाई केन्द्रमा राखेर निर्माण गरिएका सस्ता र भद्दा मजाकका गीतहरूले सपनामा तुषारापात ल्याउने काम गरिरहेका छन् । संस्कृतिमा विकृति बढ्दै जाँदा मानिसहरूलाई संस्कृतिप्रति नै वितृष्णा जाग्न सक्छ । यस्ता गीतहरूले संस्कृतिमाथि प्रत्यक्ष प्रहार गरिरहेका छन् । यस्ता गीत निर्माणको मनोविज्ञान केवल पैसा कमाउनुमात्र नभइ नेपालको संस्कृतिलाई विकृत बनाउनु पनि हो । तीज दिन–प्रतिदिन सबै जातजातिको साझा पर्व बन्दै गएको सन्दर्भमा यसलाई बदनाम गर्न विभिन्न पक्ष लागेको हुनसक्छ, जसको खोजी हुनु आवश्यक छ ।

    तीजको फराकिलो हुँदै जाँदा महिलाले उठान गर्नुपर्ने विषयहरू पनि बढ्दैछन् । हाम्रा सम्बन्धहरू भावनात्मक नहुँदा, ओछ्यानहरू सुरक्षित नहुँदा महिलाहरूले ज्यान गुमाइरहेका छन् । हिजो हाम्रा हजुरआमाहरूले गीतमार्फत उठाएका कतिपय ‘एजेण्डा’ अहिले पनि त्यत्तिकै सान्दर्भिक छन् । तीजमा बोल्नुपर्ने कुरा धेरै छन्, गाउनुपर्ने गीत पनि त्यत्तिकै छन् । हिजो आमाहरू पति–पत्नीका सम्बन्धमा भएका तिक्तताहरू गीतमा पोख्नुहुन्थ्यो, अहिले अदालतमा सबैभन्दा बढी पति–पत्नीका सम्बन्धहरू पुगेका छन्, जुन सम्बन्ध जोखिमपूर्ण भएका कारणले पुगेका हुन् ।

    यस्तो अवस्था कसरी आयो ? देशमा यति धेरै आत्महत्या किन बढिरहेका छन् ? मानिसहरू समाजिक संजालमा यति साह्रो फ्रष्ट्रेशन किन पोखिरहेका छन् ? आफ्नो ब्यक्तिगत गोपनीयतामाथि प्रहार हुँदा पनि मानिसहरू किन चुपचाप छन् ? के नेपालीहरूमा आफ्नो निजत्व संरक्षण गर्नुपर्छ भन्ने चेतना र हनन भएको गोपनीयताको प्रतिकार गर्ने जाँगर छैन ? तीजका नाममा अश्लील होइन गम्भीर अनि सारगर्वित गीत गाउनुपर्ने समय हो यो ।
    लेखक : बविता बस्नेत

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |

    बिचार सम्बन्धि थप

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

    ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

    धादिङमा जातीय छुवाछुत र सामाजिक विभेद उन्मूलन दिवसको अवसरमा अन्तरक्रिया

    समिभन्ज्याङ माविमा बाल क्लब निर्वाचन,अध्यक्षमा अन्जना बराही विजयी

    ताजा समाचार
    १

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    २

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    ३

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    ४

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    ५

    ‘दोस्रो युवा सीप, तालिम तथा रोजगार मेला सम्पन्न

    ६

    धादिङमा रणनीतिक वन व्यवस्थापन कार्ययोजनाको मसौदा अनुमोदन

    ७

    डिभिजन बन कार्यालय धादिङद्वारा धार्मिक बन हस्तान्तरण

    ८

    सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

    ९

    नीलकण्ठ नगरपालिका शिक्षा क्षेत्रमा प्रदेशकै उत्कृष्ट नगरपालिका घोषित

    १०

    ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

    समाचार
    थप

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    धादिङ जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना प्रमाणिकरण

    त्रिपुरासुन्दरी गाउपालिका द्वारा नदीजन्य पदार्थ उत्खनन एवं संकलन कार्य बन्द

    हाम्रो नजर
    थप

    सहयात्री समाज नेपाल द्वारा सामाजिक सचेतना कार्यक्रम संचालन

    क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ‘भ्रष्टाचार विरोधी अभियान’ सुरु

    सुनचाँदी शिल्प व्यवसाय संघ धादिङले जिल्ला प्रशासन कार्यालयलाई बुझायो ज्ञापन पत्र

    ज्वालामुखी गाउँपालिकाको प्रशासनिक भवन सिलन्यास

    पत्राचार ठेगाना

    हाम्रो नजर डट कम का लागी
    ठेगाना - नीलकण्ठ-३, धादिङ्ग
    ई-मेल : [email protected]
    सम्पर्क नं. ९८६९७५४२६३
    दर्ता नम्बरः........

    हाम्रो टीम

    सञ्चालक: सुशिला बिश्वकर्मा
    सम्पादक: राधिका बिश्वकर्मा
    संवाददाता:

    साईट नेभिगेशन

    • हाम्रो बारेमा
    • हाम्रो टिम
    • सम्पर्क
    • बिज्ञापन
    • हाम्रो गोपनियता
    • अन्तरवार्ता
    • खेलकुद
    • हाम्रो नजर
    • सुचना प्रविधि
    • बिचार

    सामाजिक संजाल तर्फ

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ Hamro Najar मा सार्वाधिकार सुरक्षित छ | प्रीतिबाट युनिकोडमिति रूपान्तरणई-पेपर Designed by: GOJI Solution